झापा । पूजा कोठामा बालेको दियोबाट सल्केको आगोले झापा कचनकवलमा ७० लाख बढीको क्षति भएको छ । कचनकवल गाउँपालिका-६ कमल बस्तीमा कमलप्रसाद खतिवडाको घरमा आगलागी हुँदा उक्त क्षति भएको हो ।
आगलागीबाट खतिवडाको नगद १ लाख , २५ तोला सुन, ७५ तोला चाँदी, दुईवटा एसी , दुईवटा स्मार्ट टेलिभिजन र अन्य सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ । शनिबार साँझ पैने ८ बजेतिर सुरु भएको आगलागी राति १० बजे नियन्त्रणमा आएको थियोे ।
आगो इप्रका बनियानी, सशस्त्र प्रहरी, भद्रपुर , मेचीनगर र बिर्तामोड नगरपालिकाको दमकल तथा स्थानीयको संयुक्त प्रयासमा नियन्त्रण लिइएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभयो । आगो सल्किएको समयमा नै थाहा पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ ।
भुइँतला पक्की, माथिल्लो तला काठ र टिनको छानो भएको घर पूर्णरूपमा जलेको छ । घटनास्थल बनियानी बजारबाट करिब सात सय मिटर दक्षिण पश्चिममा पर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच