
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले नेपाली काँग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एमालेको आखिर मुख्य प्रतिद्वन्दी काँग्रेस भएपनि काँग्रेसकै बुई चढेर हिँडिरहेको बताउनु भयो । उहाँले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने बताउनु भयो । उहाँले क्रान्तिकारी बाटो र अडान लिएर नेकपा (एकीकृत समाजवादी) अगाडि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले समाजवाद प्राप्तिको एउटा आधारशिला नेकपा (एकीकृत समाजवादी) ले तयार गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले नेकपा एमालेको नेतृत्वलाई हेर्नुस् त । एमालेको आखिर मुख्य प्रतिद्वन्दी को हो रु काँग्रेस नै हो । तर काँग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ । हिजो माओवादीले पनि त्यही ग¥यो । हामी पनि त्यसैतिर लागिरहेका छौँ । अब त हामीले सिक्यौँ की जस्तो लागेको छ । अब त्यो खालका गतिविधि हामलिे हामीले वास्तवमा क्रान्तिकारी बाटो र अडान लिएर अगाडि बढ्नुपर्छ । त्यसले मात्रै वास्तवमा समाजवाद प्राप्तिको एउटा आधारशिला तयार पार्दै हामी संगठन निर्माण गर्दै जानुपर्छ ।’
पूर्वप्रधानमन्त्री खनालले संगठन निर्माण गर्नेकुरालाई ध्यान दिन नसके संघर्षका कुरा अघि बढाउन अफ्ठ्यारो हुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच