कालीकोट । शनिबारदेखि माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता भएका तिलागुफा ४ राचुलीका भोजनबहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ।
प्रहरीका अनुसार घटनास्थलबाट १ सय मिटर तल नदीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
शनिवार बिहान ६ बजे तिला नदीमा बेपत्ता भएका शाहीको खोजी जनपद, सशस्त्र प्रहरी र स्थानीयले गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले आज बिहानैबाट खोजी सुरु भएको र दिउँसो १ बजे शव भेटिएको बताउनुभयो ।
२४ वर्षीय शाहीले शुक्रबार बेलुकी माछा मार्न झरेउला (पासो) थापेका थिएँ । स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत शाही शनिबार विहान झरेउला निकाल्न तिला नदीमा पुगेका बेला चिप्लिएर नदीमा खसेका थिए ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र