
कालीकोट । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको अध्यक्षमा कालीकोटका प्रेमराज सिम्खडा चयन हुनु भएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबारदेखि सुरु भएको अधिवेशनले सिम्खडाको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सिम्खडाम्खडा यसअघि महासचिव हुनुहुन्थ्यो ।
त्यस्तै, चौतारी कर्णाली प्रदेशको उपाध्यक्षमा दैलेखका हिक्मत नेपाली र सुर्खेतकी सीता वली चयन हुनु भएको हो । महासचिवमा ओम शाही, कोषाध्यक्षमा गीता थापालाई चयन गरेको छ । प्रदेश कमिटी सचिमा सुरेश परियार, नौरते नेपाली, कमल बुढा, कालीबहादुर बुढा, झक्कुप्रसाद शर्मा र जगतदल विक चयन हुनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच