कालीकोट । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको अध्यक्षमा कालीकोटका प्रेमराज सिम्खडा चयन हुनु भएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबारदेखि सुरु भएको अधिवेशनले सिम्खडाको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सिम्खडाम्खडा यसअघि महासचिव हुनुहुन्थ्यो ।
त्यस्तै, चौतारी कर्णाली प्रदेशको उपाध्यक्षमा दैलेखका हिक्मत नेपाली र सुर्खेतकी सीता वली चयन हुनु भएको हो । महासचिवमा ओम शाही, कोषाध्यक्षमा गीता थापालाई चयन गरेको छ । प्रदेश कमिटी सचिमा सुरेश परियार, नौरते नेपाली, कमल बुढा, कालीबहादुर बुढा, झक्कुप्रसाद शर्मा र जगतदल विक चयन हुनु भयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं