काठमाडाैं । गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ निर्णयार्थ पेश हुन सकेन ।
आईतवार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । प्रश्तावउपर सांसदहरुले छलफल गरी गृहमन्त्रीले जवाफ समेत दिइसक्नुभएको थियो । तर गणपूरक संख्या नपुगेको भन्दै प्रश्ताव निर्णयार्थ पेश भएन । सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले निर्णयार्थ पेश गर्न गणपूरक संख्या नपुग्ने भन्दै यकिन गर्न माग गर्नुभयो । तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा प्रश्ताव पेश गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेको सभामुख देवराज घिमिरेले बताउनु भयो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रश्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थिति हुनुपर्नेमा यो प्रश्ताव निर्णयार्थ पेश गर्न गणपूरक संख्या अपुग भएको भनि माननीय श्री निशा डाँगीले प्रश्न उठाउनुभएकोले तीन मिनेट घण्टी बजाइ गणपूरक संख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिन्छु ।’
सभामुख घिमिरेले गणपूरक संख्या यकिन गर्दा प्रश्ताव पेश गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेकाले गणपूरक संख्या नपुगेको भन्दै कार्यसूचिबाट बाँकी कार्यक्रम हटाइएको घोषणा गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक सोमवार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच