
भोजपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकहरुको आधारमा सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा भोजपुरका स्थानीय तहहरू मध्ये जिल्लाको दक्षिण हतुवागढी गाउँपालिका पहिलो बनेको छ ।
भोजपुरका नौ वटा स्थानीय तह मध्ये आयोगले सार्वजनिक गरेको बिवरण अनुसार हतुवागढी गाउँपालिका ६५ दशमलव दुई अंक सहित पहिलो बनेको हो । यसैगरी रामप्रसाद राई गाउँपालिका ६४ दशमलव पाँच ल्याउँदै दोश्रो, पौवादुङमा गाउँपालिका ६२ दशमलव चार अंक सहित तेश्रो र भोजपुर नगरपालिका ६२ दशमलव एक सहित चौथो पालिका बनेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको बिवरण अनुसार आमचोक गाउँपालिका ५९ दशमलव आठ अंकले पाँचौ, षडानन्द नगरपालिका ५८ दशमलव आठ ल्याएर छैटौं, टेम्केमैयुङ गाउँपालिका ५७ दशमलव नौ सहित साता, अरुण गाउँपालिका ४९ दशमलव दुई अंकले आठौ र साल्पासिलिछो गाउँपालिका ४५ दशमलव चार अंक सहित नवौ स्थानमा आएको छ ।
आयोगले १० सूचकांकका आधारमा कार्यसम्पादन मूल्यांकन गर्ने गरेको छ । आयोगले पालिकाले गरेको खर्च, लेखा परीक्षणको अवस्था, बेरुजु, स्थानीय सञ्चित कोष, व्यवस्था र प्रयोग, आवधिक योजना, राजस्वको विभाजन लगायत सूचकमा केन्द्रित रहेर स्थानीय तहहरुको मूल्यांकन गर्ने गर्दछ । आयोगले तय गरेको सूचकांकका आधारमा असार १० गतेभित्र बजेट ल्याएनल्याएको, असार ३० भित्र बजेट पास गरेनगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर लिएनलिएको पर्दछ । विशेष गरेर लेखा र आर्थिक प्रणालीसँग जोडिएर मूल्यांकनको आधारमा केन्द्रित रहेर आयोगले नतिजा प्रकाशित गर्दै आई रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच