
काठमाडौं । आगामी चैत्र ८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘११ः५५’ (डु नट ट्रष्ट एनिवन)को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक एक मिनेट ३४ सकेण्ड लामो टिजरले चलचित्रको कथावस्तुबारे प्रकाश पार्छ । लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण छ ।
चलचित्रमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गर्नुभएको हो । यो उहाँको डेव्यु निर्देशकिय चलचित्र हो । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।
अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको ‘द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रूपमा रहनुभएको छ ।
बिचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्रको कार्यकारी निर्माता एमएस अग्रज हुनुहुन्छ । चलचित्रलाई कुवेर सिने डिष्ट्रिब्युसन प्रालिले वितरण गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच