
काठमडौं । एपिक नेपाल म्युजिक अवार्डको पाँचौं संस्करण आयोजना हुने भएको छ । मध्यपुर थिमी शंखधरपार्क भक्तपुरमा थिमी नगरपालिकाका निवर्तमान नगर प्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता र म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठको सभापतित्वमा आयोजना गरिएको एक कार्यक्रमबीच नयाँ संस्करणको औपचारिक घोषणा गरिएको हो ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुनलागेको अवार्डमा गीतसंगीतका सबै विधालाई समेटिने जनाइएको छ । लोकसंगीतमा क्रियाशील तथा नवप्रतिभाका सर्वोकृष्ट रचनाको साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे र देउडा गीत, चलचित्र गरि ३२ विद्यामा अवार्ड प्रदान गरिने आयोजक संस्थाका राजेन्द्र पुरीले जानकारी गराउनुभयो ।
आगामी चैत २ गते मध्यपुर थिमी नगरपालिका, दुईपोखरीमा सम्पन हुने अवार्ड समारोहमा दीर्घसाधना सम्मान विशिष्ठ कलाकार वसुन्धरा भुसाललाई नगदसहित प्रदान गरिने भएको छ भने वरिष्ठ पत्रकार ऋषि धमला र युवा पत्रकार सम्मान ऋषि थपलियालाई नगद राशीसहित सम्मान गरिने भएको छ ।
त्यसैगरी अभिनेता भुवन केसी र पल शाह पनि सम्मानित गरिने आयोजकले जनाएको छ । अवार्डको निर्णयकमा मिथिला शर्मा, सुभ्रतराज आचार्य, चन्द शर्मा, प्रकाश भट्ट, प्रशना शाक्यलगायत रहेको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच