
काठमाडौं । नेपाल आर्ट काउन्सिलमा ‘वुमन इन आर्ट’ शीर्षकमा कला प्रदर्शनी आरम्भ भएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा महिला कलाकारका सामूहिक कला प्रदर्शन आरम्भ भएको हो । फागुन १६ गतेसम्म सञ्चालन हुने सो प्रदर्शनीमा महिला कलाकारका सिर्जनामा मिथिला, आधुनिक, मूर्त र अमूर्त भावका चित्रहरू समावेश छन् भने उक्त चित्रहरू अंकित टिसर्ट पनि प्रदर्शनीमा राखिएका छन् ।
जहाँ १४ जना कलाकारको सिर्जना राखिएका छन् । महिलाले आफ्नो थुप्रै पहिचान र परिचयका साथ न्याय गर्दै पनि सिर्जनाको माध्यमबाट गर्ने अनुभूति, खुशी, गौरवका चित्रकलाको प्रदर्शनीको आयोजना गरिएको हो ।
प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्याय, सविता डंगोल, एरिना ताम्राकार, विधाता केसी, सुशीला सिंह, महिमा सिंह, कृषा ताम्राकार, प्रमिला वज्राचार्य, रजनी सिंख्खवाल, रञ्जु यादव, संगी श्रेष्ठलगायत चित्रले नेपालको सबै क्षेत्रका लोक र मौलिक चित्र बनाउने शैली र विविधतालाई झल्काउँछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच