
काठमाडौं । कवितासंग्रह ‘प्रेमको आदिम गीत’को लोकार्पण गरिएको छ । संग्रहभित्रका ११ कविहरू विश्व सिग्देल, भीष्म उप्रेती, रमी प्रिया, धीरकुमार श्रेष्ठ, चन्द्रबहादुर लामा, विधान आचार्य, सुमन थापा संगम, सञ्जय सुमन, टंक उप्रेती, दिलकुमारी डंगोल र ईश्वर थोकरले उक्त कविताकृति लोकार्पण गर्नुभएको हो ।
यस कविताकृतिमा ११ जना कविका ३३ वटा कविताहरू समावेश गरिएको छ । कृतिमा नेपाली र अंग्रेजी दुवै भाषामा कविता राखिएका छन् । नेपाली भाषामा लेखिएका यी कविताहरूलाई चन्द्रबहादुर लामाले अंग्रेजीमा अनुवाद गर्नुभएको हो ।
अकाल कुसुम, काभ्रेले प्रकाशित गरेको यो कवितासंग्रहमा प्रेमका कोमल भावनाहरू बगेको बताइएको छ । वर्तमान कविता समूहले आयोजना गरेको कार्यक्रमको अर्को चरणमा प्रेम कविता वाचन गरियो । कविहरू रामगोपाल आशुतोष, किशोर पहाडी, स्नेह सायमी, रजनीमिला, लक्ष्मी माली, विणा नेम्कुललगायतले कविता वाचन गर्नुभएको थियो ।
राधिका अधिकारीले सहजिकरण गर्नुभएको कार्यक्रममा वर्तमान कविता समूहका सदस्य तथा शब्दाङ्कर मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठले वर्तमान कविता समूहको संक्षिप्त परिचय बताउनुका साथै स्वागत मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच