काठमाडौं । तुलसी भट्टराईद्वारा अनुवादित पुस्तक ‘सात सालको कथा’ विमोचन गरिएको छ । भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेख्नुभएको ‘नेपाली क्रान्ति-कथा’ लाई पब्लिकेसन नेपालयले ‘सात सालको कथा’ का रूपमा बजारमा ल्याएको हो ।
कोइराला दाजुभाइमध्ये तारिणीप्रसाद कोइरालाका सहपाठी र समवयी रेणुको पुस्तक तारिणी परिवारकै सदस्य इन्दिरा कोइरालालाई हस्तान्तरण गर्दै पुस्तक लोकार्पण गरिएको थियो ।
पुस्तकका अनुवादक तुलसी भट्टराईले रेणुको व्यापकता एउटा भाषा वा संस्कृतिको ज्ञानबाट मात्र बुझ्न नसकिने बताउनुभयो । राजनीतिशास्त्री तथा रेणु अध्येता भास्कर गौतमले ‘सात सालको कथा’ पुस्तक विमोचन गर्दै रेणु यो देश र त्यो देश भनेर नछुट्याउने उदार मानवीय लेखक भएको बताउनुभयो ।
धेरै पहिले नै छापिएको पुस्तकको सान्दर्भिकता अझ बढेको भए पनि बजारमा अप्राप्य रहेको महसुस गरेर आफूहरूले अनुवाद पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताउनुभयो । १२० पृष्ठको पुस्तकको मूल्य ३४५ रुपैयाँ रखिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र