नवलपरासी । आकर्षक पुरस्कार राशी रहेको नवौं संस्करणको सुर्यनगर गोल्डकप फाल्गुन ७ गतेदेखी सुरु हुने भएको छ । यसका लागि सम्पुर्ण तयारीहरु पूरा भएको आयोजक संस्था नवयुवा क्लबले पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको छ ।
पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६ -सुर्यनगरमा हुने बहुप्रतिक्षित फुटवल प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजन लिगका खेलाडी र अन्तरास्ट्रिय खेलाडीहरुको समेत सहभागीता हुनेछ । सुर्यनगर गोल्डकपका लागि आयोजकका तर्फबाट घरेलु टिम निर्माण गरिने र स्थानिय पालिकाका खेलाडीहरु समेटेर टिम निर्माण गरिने वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले जानकारी दिनु भयो ।
लुम्बिनी प्रदेशकै तेस्रो ठूलो पुरस्कार राशी बोकेको सुर्यनगर गोल्डकपको संरक्षक बर्दघाट नगरपालिका रहेको छ । नगरपालिकाले प्रतियोगिताका लागि १० लाख रुपैयाँ बिनियोजन गरेको छ । खेलको करिब २५ हजार दर्शकले अवलोकल गर्ने र त्यसका लागि ३५ लाख रकम खर्च हुने अनुमान गरिएको छ । पुर्वतयारी स्वरुप यतिबेला प्याराफिट रंगरोगन, मैदानमा माटो फिलिङ र अन्य स्तरोन्नतिका कामहरु समेत सकिएको छ ।
यसपटकको प्रथम पुरस्कार राशी ६ लाख ६६ हजार ६ सय ६६ रुपैया हुनेछ भने द्वितीय पुरस्कार राशी ३ लाख ३३ हजार तीन सय ३३ रुपैयाँ रहेको छ । सुर्य नगर गोल्डकपले यस क्षेत्रकै चिनारीलाई बोकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच