
खोटाङ । खोटाङको हलेसी बजारमा आईतवार साँझ भएको भिषण आगलागीबारे सांसदहरुले सरकारको ध्यानाकर्र्षण गराएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समय लिएर सांसदहरुले आगलागि पीडितहरुलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएका हुन् । आगलागिको नियन्त्रणका लागि आवयक पूर्वतयारी नगर्दा गम्भिर आगलागिका घट्नाहरु बढ्दै गएको उनीहरुको भनाइ छ ।
बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद सरस्वती बजिमयले आगलागी नियन्त्रणका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका गराउनु भयो । उहाँले स्थानीय पदम राईको हार्डवेयर पसलबाट सल्केको आगो समयमै नियन्त्रणमा लिन नसक्दा दुई पसल र दुई घर जलेर पूर्णरुपमा ध्वस्त भएको बताउनु भयो । उहाँले सरकारले हरेक क्षेत्रमा दमकलको व्यवस्था गर्न सरकारसँग माग समेत गर्नुभयो । उहाँले आगलागि पीडितलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकार र सदनको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको वडा नं ७ हलेसी बजारस्थित ठूलो आगलागिको घट्ना घटेको छ । त्यो घटनामा पदम राईको खाना पकाउने भान्सामा आगलागी भई राईले सञ्चालन गरेको पूजा स्टोर, हार्डवेयरको पसल र दास्रो तलामा निधन उत्थान लघुवित्त संस्था पूर्णरुपमा क्षति भएको छ । अन्य धेरै पसल, होटेल र घरहरुमा क्षति भएको छ । स्थानीय समुदाय र सुरक्षा निकायको अथक प्रयासबाट ठूलो क्षति हुनबाट जोगिएको छ । सबैले मिलेर ग्याँस सिलिण्डहरु बाहिर फालेर ठूलो दुर्घटनाबाट जोगाएको छ । सरकारसँग म भन्न चाहान्छु कि दमकलको त्यहाँ अति नै आवश्यमकता छ । दमकल नभएको हुनाले अन्य उपायको माध्यमबाट आगो निभाउन सफल भएको छ । त्यहाँका आगलागि पीडितलाई क्षतिपूर्तिको लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
बैठकमा बोल्दै नेकपा ९माओवादी केन्द्र०का सांसद रामकुमार राईले खोटाङ हलेसीका आगलागिका पीडितलाई तुरुन्त क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले त्यस क्षेत्रमा खानेपानीको समेत अत्यन्तै समस्या भएको उल्लेख गर्दै खानेपानीको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले खोटाङको हलेसी बजारमा लागेको आगलागि दमकल नभएको कारण समयमै नियन्त्रणमा आउन नसकेको बताउनु भयो । उहाँले आगलागिमा कुनै मानवीय क्षति नभएपनि करोडौं रुपैयाँको क्षति भएको उल्लेख गर्नुभयो । आगलागिको घट्ना हलेसीको लागि मात्र नभई समग्र मुलुकको गम्भिर समस्या बन्दै गएको उहाँको भनाइ छ । उहाँले महलेसी आगलागिको घटनाबाट पाठ सिक्दै सरकारले गम्भिर कदम चाल्नुपर्नेमा उहाँको जोड छ ।
खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिव चार घण्टापछि नियन्त्रणमा आएको थियो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिण्डरबाट साँझ ६ बजेतिर शुरू भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिव ११ बजे मात्र नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच