
हेटौंडा। हेटौंडाको टिसिएन चौरमा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ । भोलि मंगलबारबाट फागुन १८ गतेसम्म चल्ने महोत्सवको गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन लागेको महोत्सवमा निर्माण सामाग्री र निर्माण सम्बद्ध व्यापारका साथै जुत्ता, कपडा, खाना, घरेलु उद्यमलगायतका करिब ३ सय वटा स्टल रहनेछ । महोत्सवमा निर्माण सामाग्रीका ३४ स्टल, जुत्ता, चप्पल, कपडालगायतका स्टल २ सय वटा, १८ वटा होटल, घरेलु उद्योगका १५, महिला उद्यमी, कृषि उपज र नविनतम निर्माण उपकरण तथा सामाग्रीको १०र१० वटा स्टल राखिने तय भएको संघका अध्यक्ष बालगोपाल कँडेलले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । त्यस्तै मेलामा धार्मिक, स्वास्थ्य, रेडक्रस, गैससलगायत संघ सस्थाहरुका १० वटा स्टलहरु निःशुल्क उपलब्ध गराइएको छ ।
नविनतम निर्माण उपकरण तथा सामाग्रीहरुको बृहत प्रदर्शनी एवं बिक्रीका साथै बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी र बिक्री गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । स्थानीय तथा राष्ट्रिय औद्योगिक उत्पादन तथा सेवाहरुको बृहत प्रदर्शनी, सूचना प्रविधि तथा कृषि उत्पादनको प्रदर्शनी घरेलु तथा हस्तकला सामाग्रीको प्रर्दशनी र बिक्री, कृषि उत्पादनको प्रदर्शनी महिला उद्यमीद्वारा उत्पादित सामाग्रीहरुको बिक्री हुनेछ । महोत्सवमा करिब ६ करोडभन्दा बढी प्रत्यक्ष कारोबार हुने अपेक्षा गरिएको छ । मकवानपुर र आसपासका जिल्लाहरुबाटसमेत गरी करिब डेढ लाख जनाभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।
महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि राखिएको छ । आज बिहान महोत्सव उद्घाटनपूर्व हेटौंडा–४ को हुप्रचौरको दक्षिणगेटमा जम्मा भएर पारिजातपथ बुद्धचोक–टिसिएन चौर पुगेर शोभायात्रा गरिने बताइएको छ । महोत्सवमा हेटौंडा आइडल प्रतियोगिता पनि हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच