
लण्डन । शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वुल्भ्सविरुद्ध कठिन जित हात पारेको छ । घरेलु मैदानमा आइतबार राती सम्पन्न खेलमा लिभरपुल २-१ ले विजयी भएको हो । जितसँगै लिभरपुलले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ ।
लिभरपुलको २५ खेलबाट ६० अंक छ । दोस्रो स्थानको आर्सनलको समान खेलबाट ५३ अंक छ । १५औँ मिनेटमै लिभरपुलले लुइस डियाजको गोलमार्फत् सुरुवाती अग्रता लिएको थियो । ३७औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल २-० मा पुर्याउनुभयो । ६७औँ मिनेटमा म्याथ्युस कुन्हाले गोल फर्काए पनि वुल्भ्सलाई पर्याप्त बनेन ।
हारसँगै वुल्भ्सले रेलिगेसन जोनमा रहेको इस्विच टाउन र लेस्टर सिटीसँग अंक दूरी बढाउने मौका गुमाएको छ । वुल्भ्सको २५ खेलबाट १९ अंक छ । १८औँ स्थानमा रहेको इस्विचको १७ अंक छ । एक स्थान तल रहेको लेस्टरको पनि समान अंक छ ।
यसैगरी, टोटनहमले लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ । जितसँगै २५ खेलमा ३० अंक जोडेको टोटनहम १२औँ स्थानमा छ । पराजित म्यानचेस्टर युनाइटेड समान खेलबाट २९ अंकका साथ १५औँ स्थानमा छ । टोटनहम हटस्पर रंगशालामा घरेलु टोली टोटनहमलाई जित दिलाउन जेम्स म्याडिसनले गरेको एकमात्रै गोल पर्याप्त बन्यो । उहाँले १३ औँ मिनेटमा गोल गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच