
नयाँदिल्ली । च्याम्पियन्स ट्रफी १९ फेब्रुअरीबाट सुरु हुँदैछ । विश्वका शीर्ष आठ एकदिवसीय टोलीहरूले प्रतियोगितामा भाग लिनेछन् तर तीमध्ये सबैभन्दा बलियो टोली कुन हो ? कुन टोलीले सबैभन्दा धेरै रन बनाएको छ र कुन टोलीले सबैभन्दा धेरै विकेट लिएको छ ? यतिमात्र होइन, प्रतियोगिताको शीर्ष पाँच ब्याट्सम्यान र बलरमा कुन टोलीका कति खेलाडीहरू समावेश छन् ? भारत र अष्ट्रेलियाले सबैभन्दा धेरै अर्थात् दुई-दुई च्याम्पियन्स ट्रफी उपाधि जितेका छन् ।
भारतीय टोलीले २०१३ मा एमएस धोनीको कप्तानीमा इंग्ल्याण्डलाई ५ रनले हराएर दोस्रो उपाधि जितेको थियो । यसअघि टोली २००२ मा सौरभ गांगुलीको कप्तानीमा श्रीलंकासँग संयुक्त विजेता बनेको थियो ।
रिकी पोन्टिङको कप्तानीमा अष्ट्रेलियाले २००६ र २००९ मा लगातार दुई उपाधि जितेको थियो । अष्ट्रेलियाली टोली २००६ मा वेष्ट इण्डिजलाई ८ विकेटले हराएर पहिलोपटक च्याम्पियन बनेको थियो । त्यसपछि २००९ मा न्युजिल्याण्डलाई ६ विकेटले पराजित ग¥यो । दुवै पटक, शेन वाटसन प्लेयर अफ द फाइनल चुनिनुभएको थियो । पाकिस्तान, श्रीलंका, वेष्ट इण्डिज, दक्षिण अफ्रिका र न्युजिल्याण्डले एक–एक पटक उपाधि जितेका छन् । अंग्रेजी टोलीले २०१३ र २००४ मा दुई फाइनल खेल्यो तर च्याम्पियन बन्न सकेन ।
सबैभन्दा धेरै खेल जित्ने हिसाबले भारतीय टोली शीर्ष स्थानमा छ । भारतले प्रतियोगितामा सबैभन्दा धेरै २९ खेल खेलेको र तीमध्ये १८ खेल जितेको छ । इंग्ल्याण्ड, वेष्ट इण्डिज र श्रीलंकाले आधाभन्दा बढी खेल जितेका छन् । अष्ट्रेलिया, दक्षिण अफ्रिका र न्युजिल्याण्डका विश्व विजेता टोलीहरूले आधा खेलमात्र जित्न सकेका छन् । पाकिस्तान र बंगलादेशको जित प्रतिशत ५० भन्दा कम छ । जिम्बावेले सबै खेल हारेको छ ।
च्याम्पियन्स ट्रफीमा अहिलेसम्म चार टोलीले पाँच हजारभन्दा बढी रन बनाएका छन्, जसमध्ये भारत शीर्ष स्थानमा छ । टोलीले ५८१५ रन बनाएको छ । भारतीय खेलाडीहरूले १० शतक र ३५ अर्धशतक बनाएका छन् । भारतीय टोलीबाहेक इंग्ल्याण्ड (५५५५ रन), श्रीलंका (५४५२ रन) र दक्षिण अफ्रिका (५१७५ रन) का टोलीहरूले ५००० भन्दा बढी रन बनाउन सफल भएका छन् । न्युजिल्याण्ड, अष्ट्रेलिया, वेष्ट इण्डिज र पाकिस्तानले चार हजारभन्दा बढी रन बनाएका छन् ।
प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने हिसाबले पनि भारत नम्बर एक छ । जबकि श्रीलंका दोस्रो स्थानमा छ र न्युजिल्याण्ड तेस्रो स्थानमा छ । भारतीय टोलीले १९५ विकेट लिएको छ । जबकि श्रीलंकाको १७५ विकेट छ र न्युजिल्याण्डको १७२ विकेट छ । च्याम्पियन्स ट्रफीको शीर्ष पाँच स्कोररको रेकर्डमा दुई भारतीय र श्रीलंकाली ब्याट्सम्यानको नाम समावेश छ । एकजना ब्याट्सम्यान वेष्ट इण्डिजका हुन् । यो रेकर्डमा अष्ट्रेलिया, इंग्ल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र न्युजिल्याण्डका कुनै पनि ब्याट्सम्यान समावेश छैनन् ।
च्याम्पियन्स ट्रफीमा वेष्ट इण्डिजका क्रिस गेल सर्वाधिक रन बनाउने खेलाडी हुनुहुन्छ । भारतका शिखर धवन ७१० रनका साथ तेस्रो स्थानमा हुनुहुन्छ भने पूर्वकप्तान सौरभ गांगुली ६६५ रनका साथ पाँचौं स्थानमा हुनुहुन्छ ।
प्रतियोगिताको शीर्ष पाँच विकेट लिने खेलाडीमा कुनै पनि भारतीय बलर समावेश छैनन् । च्याम्पियन्स ट्रफीमा सबैभन्दा धेरै विकेट लिने खेलाडी न्युजिल्याण्डका काइल मिल्स हुनुहुन्छ । उहाँले १५ खेलमा २८ विकेट लिनुभएको छ । श्रीलंकाका लसिथ मालिंगा २५ विकेटसहित दोस्रो र मुथैया मुरलीधरन २४ विकेटसहित तेस्रो स्थानमा हुनुहुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच