
काठमाडौं । विलक्षण क्रियसन प्रालि र कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह-आयोजनामा १३औं संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ (नाइफ)को तयारी अन्तिम चरणमा पुगेको छ । यो महोत्सव यही ९ फागुनबाट ११ फागुनसम्म नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजना हुँदैछ ।
महोत्सव अध्यक्ष डा.मञ्जु मिश्रका अनुसार यो महोत्सवको राष्ट्रिय चलचित्रको प्रतिस्पर्धामा यसपटक २९ वटा लामा-छोटा चलचित्र महोत्सवको फाइनलका लागि चयन भएका छन् । महोत्सवमा प्राप्त ७३ वटा चलचित्र, वृत्तचित्र, लघु चलचित्र, आदिवासी जनजाति चलचित्र तथा सांगीतिक लघु चलचित्र र विद्यार्थी चलचित्रबाट २८ वटा लामा छोटा चलचित्र महोत्सवको फाइनलका लागि चयन भएका हुन् ।
जसमा कथानक चलचित्र सातवटा, लघु चलचित्र सातवटा, सांगीतिक लघु चलचित्र पाँचवटा, वृत्तचित्र चारवटा, आदिवासी जनजाति चलचित्र तीनवटा, विद्यार्थी चलचित्र दुईवटा छन् ।
महोत्सवमा यसपटक प्राप्त १६ वटा कथानक (फिचर) चलचित्रहरू मध्यबाट निर्णायक टिमले फाइनलका लागि सातवटा चलचित्र चयन गरेको हो । शंकर घिमिरे निर्देशित तेल भिसा, ऋषिराज आचार्य निर्देशित द्रौपदी, जसमा दीपाश्री निरौला निर्देशित छक्का पञ्जा ५, माधवराज खरेल निर्देशित चिठ्ठी, घनश्याम लामिछाने निर्देशित लण्डन टु पेरिस, कृषा चौलागाई निर्देशित ऐँचो-पैँचो र विनोद बुढाथोकी निर्देशित संकल्प छन् । संकल्प पहिलोपटक जापानमा निर्माण भएको नेपाली चलचित्र हो ।
यसैगरी यो महोत्सवमा फाइनल चरणका लागि लघु चलचित्रतर्फ रौनकविक्रम कँडेल निर्मित निर्देशित रेड, प्रद्युम्न मिश्र निर्देशित खुशी, सन्तोष सुवेदी निर्देशित द ट्रि म्यान, विकास मगर (विश्वास) निर्देशित खिल, कृष्णप्रसाद धिताल निर्देशित एप्रोन, गृष्म श्रेष्ठ निर्देशित आकाश, राजन खरेल निर्देशित हयर एम आई र डब्बु क्षत्री निर्देशित सिगरेट रहेको छ । यी मध्य रेड, सिगरेट र हयर एम आई अप्रतियोगी चलचित्र हुन् ।
महोत्सवमा फाइनलको लागि प्राप्त वृत्तचित्रमध्ये चारवटा नेपाली वृत्तचित्र तथा वृत्तचलचित्र अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका छन् । जसमा रामजी ज्ञवाली निर्देशित रित्तो गाउँ, अरुणकुमार प्रधान निर्देशित (माता : लिभिङ गडेज) लव प्याकुरेल निर्देशित गल्र्स रिवेरिङ र शिव पुरी निर्देशित डिफिनेटेड टु डिसापियर छन् ।
महोत्सवमा यसपटक प्राप्त २४ वटा सांगीतिक लघु चलचित्र मध्य पाँचवटा अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका छन् । जसमा सोनाम पाख्रिन निर्देशित तिमी आँसु रहेछौं, हेमन्त शिशिर निर्देशितसँगै जुनी काटम्ला, देवेन्द्र कुँवर निर्देशित मायाले सजाउँला, जनक सिंह निर्देशित भुल्नै गारो भो, बबिता मगरको थिँक अवाउट यु र वीरेन्द्र भट विपिन निर्देशित जिन्दगी खेलजस्तै रहेको छ ।
यसैगरी आदिवासी जनजाति चलचित्रको प्रतिस्पर्धामा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०२५को लागि फाइनलमा तीन वटा चलचित्र चयन भएका छन् । जसमा दर्शनवीर शाक्य निर्देशित नेपाल भाषाको लघु चलचित्र इन्द्रायणी, सागर केरुङ निर्देशित लिम्बु भाषाको चलचित्र के टु र आचार्य गोपाल निर्देशित मगर भाषाको चलचित्र अखत छन् । यसपटक स्टुडेन्ट चलचित्रको सूचीमा अन्तिम प्रतिस्पर्धाका लागि दुई विद्यार्थी चलचित्र चयन भएका छन् । जसमा कमला पौडेल र झरना साउद निर्देशित नो स्मोकिङ प्लिज र मोहन अभिलाषी निर्देशित स्कुल वाल रहेको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच