
चञ्चलकुमार झा/हिटा
रौतहट । कृषि, पर्यटन, उद्योग व्यापार, समृद्धिको मुख्य आधार भन्ने नाराका साथ रौतहटको चन्द्रपुरमा सोमबारदेखि प्रादेशिक उद्योग मेला, चौथो चन्द्रपुर महोत्सव सुरु भएको छ । चन्द्रपुर नगरपालिका-४ स्थित तुल्सीलाल अमात्य स्मृति रंगशालामा सुरु भएको महोत्सव फागुन १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय कृषि तथा लघु उत्पादन एवं व्यावसायिक प्रदर्शनी र बिक्री स्टललगायत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुति र खेल मनोरञ्जनका सामग्रीसमेत रहने बताइएको छ ।
मधेस प्रदेश सरकारका पूर्वमन्त्री एवं रौतहट क्षेत्र नम्बर ४ (ख)का प्रदेशसभा सदस्य युवराज भट्टराई (समिर)ले महोत्सव उद्घाटन गर्दै कृषि क्षेत्रलाई बढावा दिई यहाँका किसानलाई समुन्नत बनाउने तथा व्यापार व्यवसाय माथि उकास्न महोत्सवले भूमिका खेल्ने बताउनुभयो ।
चन्द्रपुरमा रहेको जनज्योति माध्यमिक विद्यालयको प्रांगणबाट विभिन्न जातजाति, धर्म संस्कृति, कला संस्कृतिसँग सम्बन्धित संघसंस्थाको अगुवाइमा आ-आफ्ना संस्कृति झल्कने झाँकी, भेषभूषा, शृंगार, बाजागाजासहित महोत्सवको उद्घाटन गरिएको थियो ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघको आयोजना तथा चन्द्रपुर नगरपालिकाको संरक्षणमा सुरु भएको महोत्सव उद्घाटन समारोह चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाको अध्यक्षतामा भएको थियो । सो अवसरमा चन्द्रपुरका मेयर सञ्जय काफ्ले, उपमेयर, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सञ्जय कार्कीसहितका विभिन्न राजनीतिक दलका नेता, समाजसेवीहरू, नागरिक अगुवा, नगर उद्योग वाणिज्य संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच