
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रदेशस्तरीय अन्तरक्रियालाई निरन्तरता दिने क्रममा लुम्बिनी प्रदेशमा बृहत् अन्तरक्रिया आयोजना गरेको छ । बुटवलमा नाडा र लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक) एसोसिएसनका अध्यक्षबीचको अन्तरक्रिया नाडाका अध्यक्ष करण चौधरीको उपस्थितिमा भएको हो । कार्यक्रममा संस्थागत एसोसिएसनहरूबाट उपस्थित पदाधिकारी तथा सदस्यहरूले विभिन्न प्रश्नहरू गर्दै समस्या समाधानका लागि आग्रह गरेका थिए । उनीहरूले कर तिर्ने व्यवसायीले सरकारी निकायबाट यथोचित सम्मान पाउन नसकेको, सीमापारिबाट सामानसँगै अटोमोबाइल प्राविधिज्ञसमेत आउने गरेको र त्यसले साना व्यवसायीहरूलाई नकारात्मक प्रभाव पार्ने गरेको, बैंंकहरूले ऋण दिने भने पनि व्यवसायीले ऋण लिन सक्ने अवस्था नरहेको, प्रदेश यातायात व्यवस्था कार्यालयहरूमा पनि लाइसेन्स वितरण समस्या यथावत् नै रहेको, देशको राजस्व र रोगगारीको क्षेत्रमा अटोमोबाइल क्षेत्रको ठूलो लगानी भए पनि सो अनुरूप सरकारको दृष्टिकोण सकारात्मक नभएको, बजार अनुगमनका नाममा अझै जरिवाना तिनुपर्ने अवस्था रहेको, आर्थिक मन्दीका कारण व्यवसायीलाई आफ्नो व्यवसायमा टिकिरहन कठिन हुँदै गएको गुनासो गरेका थिए ।
त्यस्तै, नाडाको दोहोरो सदस्यताले समस्या उत्पन्न हुने गरेको, मूल्यांकनका सम्बन्धमा भन्सार कार्यालयहरूमा हुने गरेको समस्याका कारण ब्राण्ड खुलाएर आयात गर्न पाउने व्यवस्था हुनुपर्ने, खुला सीमाले पारेको समस्या, व्यवसायीको पुरानो स्टकको समस्या, नक्कली अटोमोबाइल पार्ट्स आयातले व्यवसायीले भोग्नुपरेको समस्यालगायतका विभिन्न समस्या सुनाएका थिए ।
नाडा अध्यक्ष करण चौधरीले सरकारले नाडाको आवाज सुन्न थालेको भन्दै सरकारले हालै अध्यादेशमार्फत् ल्याइएको ऐनबाट धेरै हदसम्म नाडाका माग सम्बोधन भएको जानकारी गराउनुभएको थियो । उहाँले सन्दर्भ मूल्यसूची समयसापेक्ष बनाउन सरकारलाई निरन्तररूपमा आग्रह गर्दै आएको र नाडाका विभिन्न माग लिएर प्रधानमन्त्री कार्यालयलगायत सम्बद्ध मन्त्रालय र विभागमा भेटघाट र छलफलसमेत गरिएको बताउनुभयो । अध्यक्ष चौधरीले सोही क्रममा बंलादेश, भुटान, भारत र नेपालबीच हुन लागेको बिबिआइएन सहमतिसम्बन्धी बैठकमा स्वयं सहभागी भएको र उक्त सहमतिले नेपालको अटोमोबाइल क्षेत्रलाई पार्ने नकारात्मक प्रभावका विषयमा नाडातर्फबाट धारणा राखिएको भन्दै हालै भारतको नयाँदिल्लीमा भारत मोबिलिटीका सन्दर्भमा नाडा, एक्मा र एसडिसीबीचको सहमतिबारे समेत जानकारी दिनुभएको थियो ।
उक्त अन्तरक्रियामा लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराई, नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठका साथै नाडाका तर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, संस्थागत सदस्य कृष्णप्रसाद श्रेष्ठ तथा भद्र भण्डारी, केन्द्रीय कार्यसमिति सदस्यद्वय नवराज भुसाल, प्रकाश कपुरी, सुनिल रिजाल, निलमणि पाठक, मेघराज पौडेल, नारायणप्रसाद पौडेलसमेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी हेटौंडा अटोमोबाइल्स एसोसिएसनतर्फबाट अध्यक्ष ऋषि ढकाल, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष दिपेन्द्र कोइराला, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालतर्फबाट वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्णप्रसाद भण्डारी, उपाध्यक्ष नरेन्द्र ओली, महासचिव राम बेलवासे, सचिव विवेक श्रेष्ठ, कोषाध्यक्ष नारायण पौडेल, सहकोषाध्यक्ष चन्द्रदीप जोशी, सहसचिव तिलकराम पाण्डे, सदस्यद्वय दिपक ओली, प्रवेश भट्टराई, रमेश श्रेष्ठ, थिरेन्द्र श्रेष्ठ, दिपक पौडेल, केशव पाण्डे, बालकृष्ण पाण्डे, ओमहरि आचार्य, कर्णाली अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष अनवर अलीलगायतको उपस्थिति रहेको नाडाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच