काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनोट हुन तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनोट भएका सय एमडिआरटी अभिकर्तालाई सम्मान गरेको हो । प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यास सुरु गरेको र कार्यक्रमबाट अभिकर्ताहरू उत्साही भएको बताउनुभयो ।
कम्पनीले आफ्नोतर्फबाट सकभर प्रयास गरी विगत केही वर्षदेखि कम्पनीले उच्च बोनसदर प्रदान गर्दै आएकाले अभिकर्तालाई व्यवसायमा सहज भइरहेको पनि उहाँले बताउनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले एमडिआरटी २०२५ मा तोकिएको करिब ४७ लाखदेखि तीन करोडसम्मको बीमाशुल्क संकलन गरी ९४ जनाले एमडिआरटी, तीनजनाले सिओटी र दुईजनाले टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै सयजना अभिकर्तालाई विशेष सम्मान गर्नुभएको थियो । साथै निरन्तर ५१ दिनसम्म ५१ बीमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रूपक पराजुली र सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखा पनि सम्मानित भएको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…