
सर्लाही । सर्लाहीको हरिपुरमा दुर्ईमहिने च्याउ खेतीसम्बन्धी किसान पाठशाला सम्पन्न भएको छ । पाठशालामा हरिपुर नगरपालिकाका ७ चिताइनका तीन समूह चिताई कृषक समूह, हरियाली कृषक समूह, पंजियार कृषक समूहमा गरी ५४ जान किसानलाई पाठशालामा च्याउ खेतीसम्बन्धी तालिम प्रदान गरिएको सहजकर्ता सिकन्दर चौधरीले जानकारी दिनुभयो । समूहले साप्ताहिकरूपमा ३० देखि ३५ केजी च्याउ बजारमा लैजाने गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार पाठशालामा किसानलाई तीन फरक तरिकाले च्याउ खेती गर्ने विधि सिकाइएको थियो । पराल उमालेर गरिएको खेतीबाट सबैभन्दा धेरै उत्पादन भएको किसानले बताएका छन् । अन्य विधिमा बफर प्रविधि र रासायनिक प्रविधि पनि प्रयोग गरिएको थियो ।
च्याउ उत्पादनपछि बजार व्यवस्थापनमा समेत किसानलाई सहयोग पु¥याउने उद्देश्य राखिएको छ । हरिपुर नगरपालिकाका ७ का अध्यक्ष मनोजकुमार चौधरीका अनुसार किसानले उत्पादन गरेको च्याउ बिक्रीवितरण सहज बनाउन छिमेकी पालिकासँग समन्वय गरिनेछ । नगरप्रमुख गोपाल पंजियारले नगरपालिकाले पनि च्याउ खेती प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विद्यालयस्तरमै ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने योजनासमेत रहेको उहाँले बताउनुभयो । पंजियारका अनुसार यस क्षेत्रका धेरै मानिससँग आफ्नै खेतबारी रहेकाले च्याउ खेती व्यावसायिकरूपमा अघि बढाउन सकिन्छ । जसले जीविकोपार्जनमात्र नभई व्यावसायिक अवसर पनि सिर्जना गर्नेछ । कार्यक्रममा सहभागी किसानले आफ्नो सिकाइ र अनुभव सुनाएका थिए । उनीहरूले उत्पादन गरेको कृषि उपज प्रदर्शनीमा समेत राखिएको थियो । धुलिखेलका सहयोग तथा सरोकार संस्थाकी निर्देशक रामप्यारी बस्नेत बज्राचार्यले च्याउ खेतीको उचित व्यवस्थापनबाट नेपालमै उच्चस्तरको जीवनयापन सम्भव रहेको बताउनुभयो ।
किसान समूहका अध्यक्ष रामकेसी चौधरीका अनुसार पहिले साप्ताहिक हाटबजारमा तरकारी खरिद गर्न धेरै खर्च हुने गरे पनि च्याउ खेती थालेपछि घरखर्च बचत हुन थालेको छ । बचत भएको रकम अन्य क्षेत्रमा लगानी गर्न सहज भएको छ ।
च्याउ खेतीमार्फत् स्थानीयस्तरमा आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सकिने देखिएको छ । नगरपालिकाको सहयोग र किसानको प्रतिबद्धताले यस क्षेत्रलाई च्याउ उत्पादनको केन्द्रबिन्दु बनाउन सक्ने सम्भावना देखिएको हरिपुुर नगरपालिकाका कृषि शाखा प्रमुुख रामगणेश मण्डलले बताउनुुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच