
हिमवत्खण्ड कला, साहित्य र संस्कृति सम्मिलन काठमाडौंमा हुने जानकारीसँगै सभ्यता सम्वादको चरणमा नेपाल अघि बढ्ने जमर्काे गरेको अनुभव भएको छ ।
तीर्थानि प्रवराण्यवे श्वेताख्ये पर्वतोत्तमेः ।
अग्रे मानस प्रस्तावे तथा नेपालके मुनिः ।।
काश्मीरे चैव प्रस्तावे जालन्ध्रे वै तथा मुनिः ।
तथा केदार प्रस्तावे कथितानि मयाद्यते ।।
स्कन्द पुराण केदार खण्डमा वर्णित उपरोक्त श्लोकका अनुसार विभिन्न उत्तम तीर्थहरूमध्ये श्वेताख्य (कैलाश) उत्तम तीर्थ रहेको छ । जसलाई केन्द्रविन्दु मानेर सबैभन्दा अगाडि जेष्ठ र श्रेष्ठ रूपमा मानसखण्ड, त्यसपछि क्रमशः नेपालखण्ड, काश्मीरखण्ड, जालन्धरखण्ड र अन्त्यमा केदारखण्डलाई प्रस्ताव गरिएको छ । एवं प्रकार हिमवतखण्ड सम्मिलन गर्दा मानसखण्डलाई समेत जोड्दै कार्यक्रम गर्नाले सभ्यता सम्वादले पूर्णता पाउँदै विश्वमै नमुना स्थापित गर्न सक्नेछ ।
नन्दपूर्वतमारभ्य यावद् काकगिरि स्मृतः ।
तावदवै मानसखण्ड ख्यायते नृप सत्तम ।।
स्कन्द पुराणको उपरोक्त कथन अनुरूप भारत कालीकुमौको नन्दपर्वत, तिब्बतको कैलाश मानसरोवर एवं नेपालको महाकाली, सेती, कर्णाली, भेरी वेष्टित कागगिरिसम्मको सम्पूर्ण भूभागलाई मानसखण्ड भनिन्छ ।
गण्डकी कौशिकी चैव तयोमध्ये वरस्थलम् ।
नीलकण्ठतटे शौचं तयो : पुनस्तथा विधम ।।
नेपालइतिविख्यातं देवक्षेत्रं सुखप्रदम् ।
ज्ञेयमगस्त्य तत्क्षेत्रं हिमवत्सानु सुन्दरम् ।।
हिमवतखण्डमा वर्णन गरिएको उपरोक्त कथन अनुरूप पूर्वमा कोशी प्रदेश र पश्चिममा गण्डकी नदीसम्मको सुन्दरस्थल जहाँ नीलकण्ठ पशुपतिको सुखप्रदात क्षेत्रलाई नेपालखण्ड भनिन्छ । एवं प्रकार हिमवतखण्डका साथ मानसखण्डको मान्यताले नेपाली धर्म-संस्कृति, भाषा, कलाको प्रतिनिधित्व गर्ने हुँदा दुवै क्षेत्रलाई संयुक्त रूपले चर्चामा ल्याउनु पर्दछ । सभ्यता, समृद्धि र द्वन्द्व व्यवस्थापन आज नवीन प्रसंग बन्दै गइरहेको अवस्थामा हिमवतखण्ड र मानसखण्डको अभ्यासले ऐतिहासिक महत्व पाउने निश्चित छ । सन् १९९० पश्चात् शीतयुद्धको समाप्ति भएको उद्घोषसँगै अबको द्वन्द्व सभ्यताबीच हुने भन्ने स्यामुल पी हटिङटनको भनाईलाई मध्यनजर गर्दा द्वन्द्व व्यवस्थापनका लागि हाम्रो सभ्यताले सहयोग पुर्याउन सक्छ ।
वैरभावको आगो बल्दै बल्दैन अर्थात् सबैसँग विनासितै वैरभाव गर्दैन, शान्त नै रहन्छ, घमण्ड गर्दैन, हीनता देखाउँदैन, आपद्–विपद् परे पनि अनुचित काम कहिल्यै गर्दैन यस्तो शील, स्वभाव र आचरण गरेको व्यक्तिलाई आर्य भन्ने परिभाषाले पश्चिमाहरूले नश्लीय रूपमा प्रचार गरेको गलत देखिन्छ ।
कम्युनिष्ट चीन र पुँजीवादी अमेरिकाबीचको आर्थिक सम्बन्ध, रूस र युक्रेनको युद्ध, अरब-इजरायलबीचको युद्धलाई विश्लेषण गर्दा राजनीतिक कारणका साथै सभ्यताबीच द्वन्द्वको कारण देखिन्छ । संयुक्त राष्ट्रसंघले समेत द्वन्द्व समाधानमा हस्तक्षेप गर्न नसकिरहेको अवस्थामा नेपालले सभ्यता सम्वादमार्फत विश्वलाई शान्तिमा रूपान्तरण गर्न सक्नेछ । विश्वकै उच्च शिखर सगरमाथा, विश्वका सम्पूर्ण हिन्दु धर्मावलम्बीको केन्द्र पशुपतिनाथ, विश्वकै बौद्धधर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनी, जानकी जनकपुर र मष्टो सांस्कृतिको कारण तीनसय पैसठ्ठी दिन नै शान्तिका रूपमा मनाइने हुँदा शान्तिको लागि विश्व केन्द्र बन्न सक्नेछ । नेपालमा सञ्चालन भएको माओवादी द्वन्द्व समाधानमा नेपालका धार्मिक क्षेत्रले खेलेको भूमिका, अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा सहभागिताका कारण सभ्यता सम्वादमार्फत राष्ट्रिय शान्ति तथा समृद्धिका लागि सशक्त भूमिका खेल्नसक्ने अवस्थामा छ । द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म, अध्यात्मिक क्षेत्रको भूमिका अनुसन्धानसँगै माओवादी द्वन्द्व समाधान गर्न अघि बढेको नेपालको धार्मिक क्षेत्र विश्वको द्वन्द्वका विषयमा विश्लेषण गर्दै समाधानमा चासो दिइरहेका छन् । विश्वमा भइरहेको द्वन्द्व र कारणबारे अनुसन्धानमै उल्लेख गरिएकाले विश्वका द्वन्द्व व्यवस्थापनमा ध्यान दिएको देखिन्छ ।
विश्वको द्वन्द्व व्यवस्थापनमा ध्यान दिएकै कारण सन् २००७ मा थाइल्याण्डको चियाङमई, सन् २००८ मा बैंकक, सन् २०१० मा अमेरिकी सहयोग नियोगको निमन्त्रणामा ढाका, सन् २०११ मा जर्जटाउन विश्व विद्यालयको निमन्त्रणामा ढाका, सन् २०११-१२ मा जापान सोसाइटी अफ हुमनिस्टिक एन्थ्रोपोलोजी एसोसिएसनको निमन्त्रणामा टोकियो, सन् २०१८ दक्षिण कोरियालगायत देशमा आयोजित शान्ति सम्मेलनमा धर्म संस्कृतिको भूमिका स्पष्ट पारी सकेका थियौ । नेपालमा पनि सम्भावित ६ प्रकारको द्वन्द्वलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न सभ्यता सम्वादले मद्धत पुग्नेछ । सम्भावित ६ प्रकारका द्वन्द्वका विषयमा हामीले जानकारी गराउँदै आएका छौं ।
(क) धर्मनिरपेक्षताविरुद्ध हिन्दुराष्ट्र समर्थकहरूको आन्दोलन र हिंसा ।
(ख) एक मधेस प्रदेशका लागि हुनसक्ने आन्दोलन र हिंसा ।
(ग) पहिचानका लागि हुनसक्ने आन्दोलन हिंसा ।
(घ) भारत र चीनबीच नेपालको राजनीतिमा प्रभावका लागि हुने गतिविधिका कारण उत्पन्न हुने हिंसा ।
(ङ) स्वतन्त्र तिब्बतका लागि नेपालबाट हुने गतिविधिका कारण उत्पन्न द्वन्द्व र हिंसा ।
(च) धर्म परिवर्तन तथा विदेशी हस्तक्षेपका विरुद्ध हुनसक्ने आन्दोलन र हिंसा ।
दश वर्षे माओवादी द्वन्द्व समाधान गर्दै अभ्यासमा नयाँ संविधान आइसकेको अवस्थामा पनि नयाँ द्वन्द्वको स्थिति भयावह रहेको कुरा विभिन्न समयमा घटिरहेका घटनाबाट पुष्टि हुनेगरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएस एआइडीमार्फत धर्म परिवर्तन, समलिंगी विवाहलाई तथा अन्य कार्यक्रम माथि भइरहेको लगानी रोकेपछि धेरै कुराको रहस्योद्घाटन भएको छ ।
विश्वकै उच्च शिखर सगरमाथा, विश्वका सम्पूर्ण हिन्दु धर्मावलम्बीको केन्द्र पशुपतिनाथ, विश्वकै बौद्धधर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनी, जानकी जनकपुर र मष्टो सांस्कृतिका कारण तीन सय पैसठ्ठी दिन नै शान्तिका रूपमा मनाइने हुँदा शान्तिका लागि विश्व केन्द्र बन्न सक्नेछ । नेपालमा सञ्चालन भएको माओवादी द्वन्द्व समाधानमा नेपालका धार्मिक क्षेत्रले खेलेको भूमिका तथा अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा सहभागिताका कारण सभ्यता सम्वादमार्फत राष्ट्रिय शान्ति, समृद्धिका लागि सशक्त भूमिका खेल्नसक्ने अवस्थामा रहेको छ ।
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन तथा चिनियाँ वेल्ड एण्ड रोड इनिसियटिभबीचको प्रतिस्पर्धाले द्वन्द्वको स्थिति ल्याउने गरेको छ । विश्वकै प्रथम र द्वितीय शक्ति राष्ट्रहरूबीच नेपालको विकासका सन्दर्भमा हुने प्रतिस्पर्धालाई सन्तुलन र व्यवस्थापन गर्न आर्यार्वतको रणनीतिक कार्ययोजना यस पंक्तिकारले उठाउँदै आइरहेको छ । ‘आर्यार्वतः पुण्यभूर्मीमध्यं विन्ध्य हिमालयो’ सूत्रका आधारमा सांस्कृतिक राजनीतिक कार्ययोजना उपयुक्त हुनेछ । उत्तरको हिमालयदेखि दक्षिणको समुद्रसम्मको क्षेत्रलाई समेट्ने आर्यार्वतको अवधारणाले तत्कालीन र दीर्घकालीन समाधानमा सहयोग पुर्याउँदै ठूला शक्तिशाली राष्ट्रहरूलाई सन्तुलन र सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याउनेछ । सनातन हिन्दुधर्मप्रति आस्थावान तथा बौद्ध धर्मप्रति सहयोगी भारतको सहयोग सांस्कृतिक आधारमा प्राप्त भई भूराजनीतिक र विकासमा सहयोग प्राप्त हुनेछ । भारतसँगको संशय हट्न गई सहयोग सहकार्यको वातावरण बन्नेछ ।
आसमुद्रात्तुवै पूर्वादासमुद्रात्तु पश्चिमात् ।
तयोरेवान्तरं गिर्याेरार्यवर्त विर्दुबुधाः ।।
पूर्व पनि महासमुद्र र पश्चिम पनि महासमुद्र, साच्चै ती दुवै समुद्रका बीचका यी पर्वतसमेतलाई ऋषिहरूले आर्यर्वत भन्दै रक्षा गर्दै आएका थिए । उत्तरमा हिमालय पर्वत, दक्षिणमा विन्ध्याचल पर्वत र यसका मध्यवर्ती देशहरूलाई समेत विद्वानहरूले आर्यार्वत भनेका हुन् । उत्तरमा हिमालय पर्वत भन्नाले पूर्व बर्मा इरावती नदी, आराकान्त पर्वतमाला हुँदै उत्तर हिन्दुकुश भएर कैलाश मानसरोवर अनि अझै उत्तर पश्चिम पामिरको गाँठो भएर रुसको दक्षिणी भाग बक्षुनदी, ताशकन्द, समरकन्द, बुरबुरा हुँदै इरानको पूर्वी भाग मासद निरुजन्द, करमानसम्मको भागलाई उत्तरको हिमालयले सीमा छुट्टाइएको छ । दक्षिणतर्फ विन्ध्याचलकै मध्यवर्ती देश जसमा आर्यहरूले बसाएका मानिसहरूको बस्ती भएकाले ती स्थान पनि आर्यार्वतभित्र मानिन्छन् । एवं प्रकार ब्रहृमपर्वत, ब्रहृमर्षिदेश, मध्यदेशका साथै बाली, सुमात्रा, चम्पा सभ्यता (भियतनाम) कम्बोडिया, थाइल्याण्ड, अफगानिस्थान, पाकिस्तानमा फैलिएको आर्य सभ्यतालाई जागृत गराउन सक्दा इण्डोपेसिफिक रणनीतिदेखि वान बेल्ट वान रोड इनिसियटिभसम्मलाई समन्वय गर्दै केन्द्रीय भूमिका निभाउन सकिन्छ । आर्य जातिवाचक नभएर गुणवाचक शब्द भएकाले ‘कृण्वन्तो विश्वर्मायम’ प्रसिद्ध विचार र अभियान रहेको छ । विश्वलाई नै सभ्य बनाउने विचार हो आर्यार्वत न कि हिन्दुकरण ।
नवैरमुद्वीपयति प्रशान्तो नर्दपमारोहति नास्तमेति ।
न दुर्गातोस्मिति करोत्यकार्य तमार्यशीलं परमाहुरार्याः
वैरभावको आगो बल्दै बल्दैन अर्थात् सबैसँग विनासितै वैरभाव गर्दैन, शान्त नै रहन्छ, घमण्ड गर्दैन, हीनता देखाउँदैन, आपद्-विपद परे पनि अनुचित काम कहिल्यै गर्दैन यस्तो शील, स्वभाव र आचरण गरेको व्यक्तिलाई आर्य भन्ने परिभाषाले पश्चिमाहरूले नश्लीय रूपमा प्रचार गरेको गलत देखिन्छ । ‘इण्डियन ओसियन : ट्रेडिस्नल एण्ड ननट्रेडिस्नल सेक्युरिटी एण्ड स्मल स्टेट’ अवधारणा युनाइटेड स्टेट इन्स्टिच्युट अफ पिसकी प्रतिनिधि निलान्थी समरनायकको प्रस्तुित पश्चात् यो क्षेत्र दीर्घकालीन प्रतिस्पर्धा र द्वन्द्वमा जाने देखिन्छ ।
हिन्दु महासागर क्षेत्रलाई ‘शान्ति क्षेत्रका’ रूपमा अगाडि बढाउने भन्दै नेपालको शान्ति क्षेत्र प्रस्तावलाई मान्यता नदिएको भारतका लागि पनि सोचनीय बन्ने देखिन्छ । यस्तो अवस्थामा हिमवतखण्ड र मानसखण्डलाई जोड्दै सम्मिलन गर्न सक्नाले क्षेत्रीय सुरक्षालाई समेत सम्बोधन गर्न सक्नुका साथ नेपाली सौम्य शक्तिको रूपमा प्रभावकारी र परिणाममुखी बनाउन सकिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच