
रौतहट । हिउँदमा पानी नपरेपछि किसान चिन्तित बनेका छन् । गत असोजदेखि पानी नपरेको कारण बालीनालीमा प्रभाव देखिएको तथा मौसम पनि प्रतिकुल बनेको किसानहरुको भनाइ छ ।
पानी नपरेपछि हिउँदे बालीमा रोग र किरा देखिन थालेको छ । सिचाई गर्नुपर्ने भएकोले खेती महँगो हुने पनि किसानहरुको अनुमान छ । पानी नपरेपछि रौतहटका किसानले धमाधम गहुँबालीमा सिंचाइ गर्न थालेका छन् ।
गहुँको खेत सुख्खा भएको र गहुँले बाला दिने बेला भइसकेकोले अधिकांश आर्थिक रुपमा सक्षम किसानले गहुँबालीमा सिंचाई गर्न थालेका छन् । सिचाईको अभावमा गहुँखेतमा मुसाको आक्रमण बढी हुने, गहुँको बाला सुकेर गहुँ कमजोर हुने तथा उत्पादन नै कम हुने सम्भावना रहेकोले सिचाई गरिएको माधवनारायण नगरपालिका ४ का राम विनोद मुखियाको भनाइ छ ।
गहुँबालीमा दोहोरो सिंचाई गर्नु परेपछि खेती महँगो भएको किसानहरुको गुनासो छ । समयमा वर्षा नहुँदा गहुँको उत्पादन लागत बढेको छ ।
सिंचाइ गरेपछि थोरै भए पनि रासायनिक मल हाल्नुपर्ने भएकोले किसानहरुले खेती महँगो भएको प्रतिक्रिया दिएका हुन् ।
कटहरिया ५ का राम प्रवेश प्रसादले गहुँबाली निकै महँगो खेती भइसकेको बताउनुभयो । यही बेलामा सरकारले लगातार डिजेलको मूल्य बढाइरहेको तथा बिना डिजल सिचाई गर्न नसकिने भएकोले खेती महँगो हुँदै गएको उहाँको भनाइ छ ।
हिउँदमा पानी नपरेपछि तरकारी र दलहन बालीलाई पनि निकै खर्च गर्नु परेको किसानहरु बताउँछन् । कम्तीमा माघ महिनामा एकचोटि आकाशे पानी परेको भए मौसम पनि सफा हुने र हिउँदे बालीलाई पनि राम्रो हुने विश्वास गर्दछन् ।
हिउँदे बालीको मुख्य चार महिनासम्म पानी नपर्दा हिउँदे बालीको उत्पादन लागतमा निकै वृद्धि भएको किसानहरु बताउँछन् । पानी नपरेपछि रौतहटमा मसुरोको उत्पादन भने राम्रो हुने केही किसानहरुको भनाइ छ । विगतका वर्षहरुको तुलनामा यस वर्ष रौतहटमा मसुरो बाली निकै कम लगाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच