डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण-पत्र प्रदान

काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रा.लि.ले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर प्रमाण-पत्र प्राप्त गरेको छ । पीभीसी पाइप उत्पादनमा विशेषज्ञता हासिल गरेको प्रमाणका आधारमा डल्फिनलाई सो प्रमाण-पत्र प्रदान गरिएको हो ।

डल्फिन पोलिप्लास्टले गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई आफ्नो प्रमुख लक्ष्य मानेर कामगर्दै आएको कम्पनीले जानकारी दिएको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार, डल्फिनलाई दिइएको नेपाल गुणस्तर प्रमाणपत्रले कम्पनीको उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना भएको पुष्टि गर्दछ ।

कम्पनीका प्रमुख उत्पादनहरूमा सीपीभीसी पाइप, सीपीभीसी फिटिङ, यू पीभीसी पाइप, यू पीभीसी फिटिङ, भूमिगत पाइप र बोरवेल पाइपहरू समावेश रहेकाछन् । यी उत्पादनहरू आवासीय, व्यवसायिक, अस्पताल, होटल र सिँचाइलगायत विभिन्न क्षेत्रमा प्रयोग हुँदै आइरहेका छन् ।

डल्फिन पोलिप्लास्ट, स्थापनाकाल देखि नै आफ्ना आदर्णिय ग्राहकहरूको विश्वास र सन्तुष्टिलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहेको छ । नेपाल गुणस्तर प्रमाण-पत्र प्राप्तिले कम्पनीलाई गुणस्तरलाई थप सुदृढ गर्दै अघि बढ्न प्रेरित गरेको कम्पनीको भनाइ छ ।

कम्पनीको कारखाना मोरङ जिल्लाको ग्रामथान-२ मा अवस्थित छ भने दर्ता कार्यालय विराटनगर-५ मा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?