
रुपन्देही । राष्ट्रिय समाचार समिति (रासस) को ६४ औं वार्षिकोत्सव २०८१ का अवसरमा “स्थानीय सञ्चारमाध्यम र रासस सेवाग्राही प्रबद्र्धन” विषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।
राष्ट्रिय समाचार समितिका लुम्बिनी प्रदेश प्रमुख भरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै अर्यालले बुटवलले मिडिया कर्मी तथा सञ्चार गृहलाई समान व्यवहार गर्ने वताउनु भयो। उहाले देशमा दुई ठुला पार्टीहरु मिलेर देशमा सुशासन र विकासले फड्को मारेको बताउनु भयो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले बोल्दै विश्वभरी आएको आर्थिक संकटसंगै न्यू मिडियाहरुको उदय भएको बताउनु भयो । उहाँले पछिल्लो समय राससको लोकप्रियता बढेकोले विश्वसनीयतामाथि प्रश्न गर्न नपरेको बताउनु भयो । उहाले स्थानीय सञ्चारमाध्यम संकटमा परेकोले सेवा लिदा न्युनतम शुल्क लिन आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेरबहादुर केसीले बोल्दै समय अनुसार राससले आफ्नो व्यवसायिक तथा समाचार कन्टेन्टमा फड्को मारेको बताउनु भयो । उहाँले स्थानीय सञ्चारमाध्यमको अभिभावक रासस भएकोले पालिका बिशेष स्टोरीहरु लेख्नका लागि राससलाई सुझाव दिनुभयो ।
त्यस्तैगरी प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष भगवती पाण्डेले सञ्चारमाध्यम संकटमा भएकोले त्यसको लागि राससले अग्रणी भूमिका खेल्नुपर्ने बताउनु भयो । त्यस्तैगरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अमृत गिरीले बोल्दै शुभकामना व्यक्त गर्दे राज्यले गरेका सकारात्मक कार्यहरु राससले प्रचारप्रसार गरोस् भन्ने सुझाव राख्नु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बोल्दै राज्यसँग जोडिएर प्रकाशित हुने समाचारहरु राससले बिक्री गर्न नहुने बताउनु भयो । उहाँले राससका समाचारका सेवा ग्राही र ग्राहकहरु बढेको बताउनु भयो ।
त्यस्तैगरी नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले बोल्दै समाचार संकलन गरेर आम जनतामा सूचना सम्प्रेषण गर्ने जेठो संस्था भएको बताउदै स्थानीय र प्रदेश तहका विकास र समृद्धिका समाचारहरु राससले उठान गर्न आवश्यक रहेको बताउनु भयो।
लुम्बिनी सञ्चार समन्वय परिषदका अध्यक्ष मिलन गाहाले बोल्दै राससले हिजो गर्ने कन्टेन्ट र आजको कन्टेन्टमा फरकपन ल्याएको वताउनु भयो ।
उहाँले तीन तहको सरकारले मिडिया प्रतिको चासो कस्तो राखेको छ ? भन्ने विषय महत्त्वपूर्ण रहेको बताउनु भयो । राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले राससको सेवाका बारेमा जानकारी गराउँदै आगामी दिनमा राससको सेवालाई थप प्रभावकारीरुपमा अघि बढाउने बताउनु भयो । राससका रुपन्देही सम्वाददाता छाया पन्तले कार्यक्रमको सन्चालन गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच