
कालीकोट । कालीकोटमा भीरबाट लडेर एमाले नेताको निधन भएको छ ।
पचालझरना गाउँपालिका–२ खयरकोट निवासी तथा एमाले पचालझरना गाउँ कमिटीका उपसचिव ३२ वर्षीय नरेन्द्र कठायतको भीरबाट खस्दा निधन भएको हो ।
पचालझरना गाउँ कमिटीका उपसचिव समेत रहनु भएका नेता कठायत जारकोटबाट घर फर्किने क्रममा सोमबार बेलुकी लाफा भीरबाट खसेर मृत्यु भएको हो ।
अप्ठ्यारो बाटो भएकाले खुट्टा चिप्लिएर भीरबाट खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
यसैबीच, नेता कठायतको दु:खद निधनप्रति एमाले कालीकोटले शोक वक्तव्य निकाल्दै अल्पायुमै भएको घटनाले सिङ्गो पार्टीलाई स्तब्ध बनाएको बताएको छ । साथै परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच