
इलाम । इलाम सहित पूर्वी पहाडी जिल्लाका बासिन्दालाई तराई झर्न सहज हुने केचना–कञ्चनजंघा (मेची कोरिडोर) सडकको निर्माणकार्यले गति पाएको छ । केही समय अघि सम्म निर्माणकार्यमा देखिएको ढिलाईसँगै पर्याप्त बजेट समेत निकाशा नहुँदा आयोजना कहिले पूरा हुने हो भन्ने अन्यौलमा रहेका इलामे नागरिक पछिल्लो समयमा कामले गति लिएसँगै उनीहरुको मुहारमा खुशीको चमक थपिएको छ ।
मेची राजमार्ग भएर इलाम सदरमुकामवाट झापाको व्यपारिक केन्द्र विर्तामोड पुुग्न ७० वटा भन्दा बढि गोलाई छिचोल्दै ८३ किलोमिटर पार गर्नुपर्छ । तराई झर्न द्रुतमार्ग मानिएको करिडोरको इलाम विर्तामोड खण्डको जम्मा दुरि बढिमा ५० किलोमिटर छ । इलाम खण्डको माई नगरपालिका क्षेत्रको करिव १५ किलोमिटर खण्ड कालेपत्रे भइसकेको छ र वाँकी १७ किलो मिटर क्षेत्र मध्ये १४ किलोमिटरमा ठेक्का लागेर काम भइरहेको हो भने बाकी रहेको ३ किलोमिटरमा ठेक्का लगाउने काम अन्तिम चरणमा रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार अहिले इलामको गोलाखर्क भन्जयाङ्ख देखी माई नगरपालिकाको सोक्तिम सम्म तिन प्याकेजमा काम भइरहेको छ । यता सोक्तिम देखि लोदिया खोला बिचमा पर्ने तिन किलोमिटर खण्डमा ठेक्का लगाउन प्रकृया अगाडि बढाईएको समेत प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
२०२१ सालमा नै झापाको शनिश्चरे हुुदै मोटर इलाम आएको यो सडक मेची राजमार्ग खुल्नु अघि पैदल झापा झर्ने एक मात्र विकल्प रहेको थियो । नेपालकै होचो भूू–भाग केचनाकवल देखि विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा जोड्ने निर्माणाधिन सडकको दुरी १ सय ९० किलोमिटर छ । साविक मेचीका इलाम, झापा, पाँचथर र ताप्लेजङका बासिन्दालाई प्रत्यक्ष फाइदा पुुग्ने यो सडक निर्माणकार्य चाँडो पूरा भए आवागमनमा सहजतासँगै यस क्षेत्रको आर्थिक गतिविधिमा पनि उल्लेख्य बढोत्तरी हुने निश्चित छ ।
करिडोरको इलाम - झापा खण्ड ३ प्याकेजमा काम
यो सडकको इलाम सदरमुकाम देखि झापाको ब्यापारीक केन्द्र बिर्तामोड जोड्न अहिले तिन प्याकेजमा काम भइरहेको सडक डिभिजन कायाृलय इलामले जानकारी दिएको छ । जस अन्र्तगत इलामको भञ्जयाङ्ख देखि पुवाखोला, राकसे हुदै बेलासे माइखोला सम्म एउटा पयाकेज रहेको छ भने बेलासे माइखोला देखि चिसापानी, सोमबारे हुदै सोक्तिम सम्ममा दुई प्याकेजमा काम बिभाजान गरि काम भइरहेको छ ।
कठिन भूूगोल रहेको मेची राजमार्गको भञ्ज्याङदेखि बेलासेसम्मको पहिले खण्ड ९.४ किलोमिटरको ठेक्का २७ करोड २१ लाख मा लिएर खड्ग कृष्ण सक्षम जेभीले गरिरहेको छ । अहिले आधा भन्दा बढि भागमा सडक चौडा बनाउने कार्य र नाला निमार्ण सहित टेवा पर्खालको काम सकिएर कालोपत्रेको लागि बेस सब–बेसको काम बाकी रहेको र अन्य भु–भागमा सडक चौडा गर्ने र नाला निमार्णको काम दुर्त गतिमा भईरहेको प्रमुख भट्टराइले बताउनुभयो । यो प्याकेजको काम मौसमले साथ दिएको खण्डमा आउदो असार सम्ममा सक्ने गरि काम अगाडी बढेको समेत उहाँले बताउनुभयो ।
यस्तै द्रोस्रो प्याकेज अन्तर्गत बेलासे देखि सोमबारे सम्ममा डेढ समय मिटर ढलान र बिभिन्न स्थानमा टेवा पार्खाल लगाउने गरि २ करोड ६ लाख रुपैयामा ठेक्का लिएको धुलिखेल माईस्थान जेभिले पनि काम अन्तिम चरणमा पुरर्याएको कार्यालयले जनाएको छ । २०७८ साल चैतमा सम्झौता गरि थालेको काम आउदो चैत मसान्त भित्रमा सकिने बताईएको छ । उता तेस्रो प्याकेज अन्तर्गत धुलिखेल आले जेभिले कालोपत्र्रे गर्नेगरी ६ करोड ३६ लाखमा २०७९ सालमा ठेक्का सम्झौता गरि थालेको काम समेत अन्तिम चरणमा पुगेको प्रमुख भट्टराइले बताउनुभयो यस प्याकेजको पनी ७० प्रतिशत बढि काम सम्पन्न भई कालोपत्रेको तयारी भईरहेको उहाँले बताउनुभयो । यो प्याकेजको काम पनि चैत भरमा सक्ने लक्ष राखिएको छ ।
काम गर्न छैन बजेटको समस्या
यता रकम अभावमा काममा ढिलाई भएको गुसानो बाहिर आइरहेको भएपनि हल्ला जस्तो आएपनि त्यो अनुरुप नरहेकोे कार्यालय प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“अहिले समग्र केचना कञ्चनजंघा सडक अन्तर्गत लागेका ठेक्काका काम सम्पन्न गर्न लगभग २६ करोड हाराहारीमा रकम लाग्ने छ । अहिले हामीसंग दुई महिनालाई काम गर्न पुग्नेगरि १० करोड रुपैया छ । कामको प्रगती अनुरुप हामीले माथिल्लो निकायमा बजेट माग गरे पाउने अवस्था छ यसैले निमार्ण ब्यबसायीले काम गरेको रकम ढुक्क साथ पाउनुहुनेछ ।”
खोलामा पुल र कल्भट निमार्णकाे तयारी
यस्तै यो सडकमा अझै पुल र कल्र्भटको आवस्यक्ता रहेको छ । यो सडक बिचमा पर्ने पुवाखोलामा पुल र ठाडे खोलामा कल्भट निमार्ण भएमात्र बर्खामा सवारी संचालन हुनेछ । तर त्यसको लागि समेत सडक डिभिजन कार्यालयले प्रकृया अगाडी बढाएको जनाएको छ । पुवाखोलामा तत्कालका लागि बेलीबृज र ठाडे खोलामा डवल सेल बक्स कल्भट निर्माण गरिने बताइएको छ । यो काम समेत बर्खा अघि नै सम्पन्न गर्ने गरि फायल तयार गरि सम्बन्धित निकायमा पठाई सकिएको र कार्यान्यनको चरणका पुगेको प्रमुख भट्टराईको भनाई छ ।
गाँउबस्तिको मुहार फेरीदै,सदरमुकाम इलाम बजार चलायमान हुने आशा
केचना कंचनजगा (मेची करिडोर) सडक ट्रयाक खोली संचालन भएसंगै इलाम सदरमुकाम आउन र झापा जान निकै छिटो मात्र भएको छैन त्यस सडकले छोएको गाँउ बस्तिको मुहार नै बदलिएको छ । मेची राजमार्ग भएर झापाको बिर्तामोड पुग्न ८६ किलोमिटरको यो दूरी यो सडक बाट बढीमा ५० किलोमिटरमा सीमित भएको छ ।
करीब तीन घण्टा लाग्ने मेची राजमार्गको यात्रा आधा छोट्टिएपछि इलामबासी हर्षित छन् । इलाम सदरमुकामबाट गोलाखर्क भञ्ज्याङ,पुवाखोला, सोयाक, बेलासे, चिसापानी र दानाबारी हुँदै झापा खुदुनाबारी भएर बिर्तामोड जोडिने यो मार्गमा अहिले सवारी साधन बाक्लै मात्रामा चल्न थालेको छ । गाउँमा उत्पादन हुने धान, तरकारी, केरालगायत कृषिजन्य उत्पादनले पनि भाउ पाएको छ ।
सोयाक बेलासेका जग्गा–जमिनको धेरै वर्ष भाउ थिएन, अब चाहिँ राम्रो मूल्यमा बिक्ने आशा जागेको बेलासेमा होटल बयाबसाय चलाउदै आउनुभएका राज लोक्तामले बताउनुभयो । गाउँमा उत्पादन हुने अदुवा, कुचो, तरुल र तरकारीले राम्रो भाउ पाउन थालेको पनि उहाँको भनाई छ । पहाडी जिल्ला इलामका बासिन्दा किनमेलका लागि झापा बिर्तामोड झर्छन् । जिल्लाको पूर्वीका बासिन्दालाई तराई झर्न सदरमुकाम आउन नपरे पनि पश्चिमी क्षेत्रका बासिन्दा सदरमुकाम भएरै तराई झर्नुपर्ने बाध्यता थियो तर अहिले त्यो बाध्यता हटेको छ । पाँचथर र ताप्लेजुङका बासिन्दा समेत मेची राजमार्ग छाडेर राँके–रवि हुँदै सोझै तराई झर्दा इलाम सदरमुकाम ओझेलमा पर्ने सम्भावना रहेका बेला मेची करिडोर खुलेपछि सुविधा थपिएको छ । अब इलाम सदरमुकामबाट सबैभन्दा छिटो तराई झर्ने मार्ग यही भएको होटल ब्यबसायी संघ इलामका अध्यक्ष देवी पौडेलले बताउनुभयो । सडकको ट्र्याक खुलेर अहिले कामले गति लिएसंगै यो क्षेत्रमा नयाँ घर बन्ने र पसल खुल्नेक्रम बढेको छ । मानिस आउ–जाउ बढेपछि गाउँमै व्यवसाय चल्ने आशाले स्थानीय हर्षित छन् । यो सडक कालोपत्रे भएर संचालनमा आउनसाथ इलाममा मानिसको आउ–जाउ बढ्ने र पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पौडेलले बताउनुभयोे । यो सडक निर्माण भए इलामले आर्थिक विकास, समृद्धि र पर्यटनमा छलाङ मार्छ भन्ने विश्वास रहेको पौडेलको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच