
मुगु ।चालू हिउँदे अधिवेशनबाटै विधालाय शिक्षा ऎन जारी गरियोस भन्दै शिक्षक महासङ्घले स्थानिय तह मार्फत नेपाल सरकारलाइ मंगल्बार ध्यानाकर्षण पत्र बुझाएका छन् ।
देशभरका ७५३ वटै स्थानिय सरकारहरु माफत संघीय सरकारलाई बुझाउने गरि जिल्ला स्थित नेपाल शिक्षक महासंघले ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको गत महिना २२ गते एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच विभिन्न समयमा भएका सहमती र सम्झौताहरुमा उल्लेखित मागहरु सहितको विधालय शिक्षा विधेयक संसदको चालू हिउँदे अधिवेशनबाट पारित गरि जारी गर्न महासंघका स्थानिय, जिल्ला र प्रदेश समितिहरुलाई केन्द्रीय समितिले तोके बमोजिमका दवाव मुलक कार्यक्रम आयोजना गर्न निर्देशन भएबमोजिम मंगलबार हातमा कालो पट्टि बाधेर खबरदारी जुलुससहित पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाइएको नेपाल शिक्षक महासंघ छायानाथ रारा नगर कार्य समितिका अध्यक्ष जानसा मल्लले जानकारी गराउनु भयो ।
अध्यक्ष मल्लका अनुसार आजै स्थानिय तहहरुमा आन्दोलनलाई व्यवस्थित र मर्यादित बनाउन आन्दोलन परिचालन समिति समेत गठन गरिएकाे छ ।
आन्दोलनका कार्यक्रम अन्तरगत फाल्गुण ८ गते हरेक विधालयमा अभिभावक,विधालय व्यवस्थापन समिति र विध्यार्थी विच अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, फाल्गुण ९ गते ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा र ७ वटै प्रदेशका मुख्यमन्त्री,सामाजिक विकास मन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाउने,कालो पट्टि सहित बृहत् जुलुस सभा गर्ने र आन्दोलन परिचालन समिती गठन गर्ने कार्यक्रम रहेको पनि अध्यक्ष मल्लले बताउनु भयो ।
देश संघीयतामा गएपनि शिक्षाक्षेत्र भने पन्चायत कालिक समयमा बनाइएको शिक्षा ऎन २०२८ बमोजिम नै चलिरहेको छ । संघीयताको मर्म र युग सुहाउदो ऎन बनाएर शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन आवश्यकता रहेकाले चालू हिउँदे अधिवेशनबाट शिक्षा ऎन पास गरि कार्यान्वयनमा ल्याउन नेपाल शिक्षक महासंघ मुगुका अध्यक्ष विष्णुमाया भाम बताउनु हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच