
कालीकाेट । नेकपा (एमाले) कालीकाेटका इन्चार्ज नगिन्द्र शाही (नेशनल) ले केन्द्रसँग आक्राेशित भएर कर्णाली नबन्ने जिकिर गर्नुभएको छ ।
पार्टी संगठन निर्माण अभियानका क्रममा खाँडाचक्र नगर कमिटीले पाँखामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा शाहीले यस्तो बताउनुभएको हाे ।
शाहीले अधिकार मागेर मात्र नभई जवाफदेही भएर कार्यान्वयनमा उत्रिए मात्र प्रदेश र स्थानीय तहको विकास सम्भव हुने बताउनुभयो । 'उहाँले भन्नुभयाे, एकअर्कालाई दोषारोपण गरेर अल्पकालीन रूपमा पन्छिन सकिएला, तर यथार्थ लुकाउन नसकिने बताउनुभयो ।
शाहीले भन्नुभयाे, "राज्य भनेको को हो ?" भन्ने प्रश्न महत्वपूर्ण छ ।'' प्रदेश र स्थानीय सरकारलाई संवैधानिक रूपमा शक्ति प्रत्यायोजन गरिएको छ, जसअनुसार अवसर पाएका जनप्रतिनिधिहरूले काम गरेर देखाउनुपर्ने उहाँको भनाइ थियो ।
यस्तै भेलामा नेकपा (एमाले) कालीकोटका अध्यक्ष तुलराज मल्लले कर्णालीको विकासका निम्ति अहिलेको सरकारले प्रयास गरिरहेको र त्यसलाई सफल बनाउन कर्णालीमा एमाले बलियो हुन आवश्यक रहेको बताउनुभयाे । उहाँले एमालेको संगठन बलियो बनाउँदै नीति तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयाे ।
भेलाले "एक गाउँ, एक कमिटी अनिवार्य" को निर्णय गर्दै संगठन विस्तारलाई तीव्रता दिने निष्कर्ष समेत निकालेको छ ।
कालीकाेटका नाै वटै स्थानीय तहमा एमाले कालीकाेटले पार्टी संगठन निर्माण अभियान सञ्चालन गरिरहेकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच