
दाङ । नेपाली कांग्रेस दाङले आगामी चैत महिनामा तेस्रो जिल्ला सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको घोराही स्थित जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले आगामी चैत्र महिनाको अन्तिमसम्म तेस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापत्विमा बसेको बैठकले जिल्ला सम्मेलन तयारीका लागि विभिन्न समिति गठन गरेको छ । जस अन्तर्गत नेपाली कांग्रेस दाङका उपसभापति कमानसिं भारतीको संयोजकत्वमा जिल्ला उपसभापति गिरिराज सुवेदी, सहसचिवहरू राजु आचार्य र सुबोधकुमार डाँगी, जिल्ला सदस्यहरू भोला अधिकारी, रेखबहादुर वली, बिमला शर्मा सदस्य रहेको सम्मान समिति, नेपाली कांग्रेस दाङकी सचिव बालिका लम्सालको संयोजकत्वमा जिल्ला सदस्य वीरबहादुर खत्री, जुद्धबहादुर जिएम, रेखबहादुर वली, गौरव आचार्य, शिवहरि गौतम, बिना खनाल, सुशीला गुरुङ र केशरा पोख्रेल सदस्य रहेको मञ्च व्यवस्थापन समिति गठन गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले जानकारी दिनुभएको छ ।
जिल्ला सचिव योगीका अनुसार बैठकले नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदीको संयोजकत्वमा जिल्ला सदस्यहरू टंकसिं बुढाथोकी, रेखबहादुर वली, घना डिसी, मुक्ता बादी सदस्य रहेको चिया, नास्ता व्यवस्थापन समिति, जिल्ला सचिव अर्जुनकुमार योगीको संयोजकत्वमा सहसचिव सुबोधकुमार डाँगी, सदस्यहरू निर्मल न्यौपाने, प्रदीप मजगैयाँ, भोला अधिकारी, कुन्ती डिसी र चेतना चौधरी सदस्य रहेको प्रतिवेदन लेखन र छपाइ समिति, जिल्ला सहसचिव सुबोधकुमार डाँगीको संयोजकत्वमा उपस्थिति समिति गठन गरेको छ । जस अन्तर्गत जिल्ला सदस्य टंकसिं बुढाथोकीलाई बबई गाउँपालिका, शोभाकर न्यौपानेलाई दंगीशरण गाउँपालिका, सुरेन्द्र शाहलाई शान्तिनगर गाउँपालिका, गद्दुलाल चौधरी र शान्ता पाण्डेयलाई तुलसीपुर उपमहानगरपालिका, किरण रेग्मीलाई घोराही उपमहानगरपालिका, जितबहादुर वली र पूर्णबहादुर बस्नेतलाई बंगलाचुली गाउँपालिका, बालकुमारी पोख्रेललाई राजपुर गाउँपालिका, उमाकान्त पन्त र विष्णु बसेललाई गढवा गाउँपालिका र गोबर्धन रावत र सोनु भण्डारीलाई राप्ती गाउँपालिकाको जिम्मेवारी दिइएको छ ।
बैठकले जिल्लाका १० वटै स्थानीय तहमा रहेका नेपाली कांग्रेसको कार्यसमितिलाई फागुन १९ गतेभित्र पालिका सम्मेलन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको जिल्ला सचिव योगीले बताए । साथै क्षेत्र र प्रदेश कार्यसमितिले चैत्र १५ गतेसम्म सम्मेलन गर्नसक्ने छन् । जिल्ला सचिव योगीका अनुसार २०८१ सालमा गर्नुपर्ने क्रियाशील सदस्यता नविकरणको कार्य गत माघ ३ गते नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्र अनुसार समय कार्यतालिकाभित्र सम्पन्न गर्न समेत निर्देशन दिएको छ ।
यसैगरी बैठकले नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनमा दाङमा सञ्चालन भएको ‘सयदिने विशेष अभियान’को समीक्षाका लागि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमितिले मिति तय गरेर वडामा गएका जिल्ला प्रतिनिधि, त्यस क्षेत्रको वडा, पालिका र प्रदेश सभापतिबिच समीक्षात्मक बैठक गर्न निर्देशन दिएको जिल्ला सचिव योगीले जानकारी दिनुभयो । बैठकले नेपाली कांग्रेस दाङले सञ्चालनमा ल्याएको वीपी पुस्तकालय तथा वाचनालयसम्बन्धी कार्यविधि सदस्यहरूलाई अध्ययनका लागि वितरण गर्ने र फागुन महिनामा बस्ने आगामी जिल्ला कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री स्वर्गीय खुबहादुर खड्काको सम्झनामा प्रत्येक वर्ष सञ्चालन गर्ने ‘खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता–२०८१’ फागुनको २० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।
जिल्ला कार्यसमितिको बैठकले दंगीशरण गाउँपालिकाको चखौरामा भएको महटावाँ, बडघर र भलमन्साको सम्मेलनलाई सम्बोधन गर्न आउनु भएका नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस दाङले घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गरी समय उपलव्ध गराएकोमा आभार, प्रशंसा र धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच