
हेटौंडा । हेटौँडामा ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ सुरु भएको छ।
निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा आजबाट सुरु भएको महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गर्नुभएको हो ।
उक्त अवसरमा गृहमन्त्री लेखकले मुलुकको विकास निर्माणमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउदै निर्माण कार्य गुणस्तरीय र समयमा सम्पन्न गर्नेतर्फ ध्यान दिन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
सरकारले निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानी प्रक्रिया अघि बढाइसकेको र बाँकी रकम समेत शीघ्र प्रदान गरिने प्रतिबद्धता जनाउनुभयो।
१८ फागुनसम्म चल्ने महोत्सव निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीहरुको प्रदर्शनी तथा बिक्री गरिने मुख्य उद्देश्य रहेको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले जानकारी दिनुभयो । महोत्सव अवधिभर निर्माण उद्योग क्षेत्रमा रहेको समस्या, चुनौती, अवसरबारे छलफल, गोष्ठीलगायतका अन्तर्क्रियात्मक कार्यक्रमहरूसमेत हुने उहाँको भनाइ छ।
महोत्सवमा निर्माण सामाग्री र निर्माण सम्बद्ध व्यापारका साथै जुत्ता, कपडा, खाना, घरेलु उद्यमलगायतका करिब ३ सय वटा स्टल रहेका छन् । महोत्सवमा निर्माण सामाग्रीका ३४ स्टल, जुत्ता, चप्पल, कपडालगायतका स्टल २ सय वटा, १८ वटा होटल, घरेलु उद्योगका १५, महिला उद्यमी, कृषि उपज र नविनतम निर्माण उपकरण तथा सामाग्रीको १०/१० वटा स्टल राखिएको छ । त्यस्तै मेलामा धार्मिक, स्वास्थ्य, रेडक्रस, गैससलगायत संघ सस्थाहरुका १० वटा स्टलहरु निःशुल्क उपलब्ध गराइएको छ ।
महोत्सवमा हेटौँडा आइडल प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय एवम स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ।
२०७१ सालमा पहिलोपटक महोत्सव गरेको संघले १० वर्षपछि महोत्सव गर्न लागेको हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच