
डालस (टेक्सस अमेरिका) । ‘प्रविधिले मानिसलाई समेत विस्थापित गर्ने अवस्थामा पत्रकारिता स्वाभाविक चुनौतीको संघारमा रहेको छ’ नेपाल अमेरिका पत्रकार समाज (नेजा) ले टेक्ससको डालसमा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै हिमालय टाइम्सका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहालले सो विचार प्रकट गर्नुभएको हो । उहाँले हिजो र आजको परिस्थिति निकै भिन्न हुँदै गएको हुनाले विदेशमा रहेका नेपाली समुदायले कला साहित्य संस्कृतिका साथ परिचयलाई निरन्तरता दिनसके नेपालको समेत प्रगति हुनेमा जोड दिनुभएको थियो ।
अमेरिकामा रहेर पत्रकारिता गर्नुहुने साथीहरूले आफ्ना अनुभवलाई नेपाली माटोमा समेत पुर्याउन सके, नेपालमा स्वतन्त्रता र समानताका लागि सहयोग गर्न सकेमा नेपाली पत्रकारिता पनि थप विकसित हुने थियो भन्दै दाहालले विदेशमा अनेक दुःख, कष्ट सहेर पेसा, व्यवसायमा संलग्नहरूमा पनि नेपाल भित्रकै जस्तो अतिदलवादी ध्रुवीकरणको रोग व्याप्त रहेको आफ्नो अनुभव सुनाउनुभएको थियोे । उहाँले भन्नुभयो, ‘राजनीति गर्नेहरू बाहेक अरू पेसा व्यवसायमा लाग्नेहरू दलवादी घेरामा बन्दी बन्नु र विभाजित हुनु सकारात्मक हुन सक्दैन ।’
नेपाल अमेरिका पत्रकार समाजका पूर्वअध्यक्ष विकास न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार रामचन्द्र भट्टले दाहालको पत्रकारिता साहित्य तथा मानव अधिकार आन्दोलनमा योगदान प्रशंसनीय रहेको बताउनुभएको थियोे ।
नेजाका महासचिव बाबुराम दाहालले नेजाको परिचयका साथ यसले सम्पन्न गरेका कार्यक्रमहरूको जानकारी दिनुभएको थियोे ।
कार्यक्रममा रेडियो नेपालको तत्कालीन चर्चित कार्यक्रम घटना र विचारकी सञ्चालन सहयोगी पत्रकार सीता कोइराला स्थापित पत्रकार तथा मानव अधिकारकर्मी सुरेशचन्द्र पोखरेल, नेपालका चर्चित टेलिभिजन पत्रकार मनोज जोशी, कवि साहित्यकार बैकुण्ठ आचार्य र भगवती पौडेल, माधव कोइराला, शान्ता दाहाल ओम आचार्य, युवराज दाहाल, लेखनाथ गौतम, इन्दिरा भट्टराई, सुदीप शिवाकोटी, मोहन अधिकारी, सविना भट्टराई, अधिराज दाहाल लगायतले परिचयसहित आ-आफ्नो विचार राख्नुभएको थियो ।
प्रा.दाहालले अनेसास पुस्तकालयका लागि आफ्नो कृति ‘शान्ता’ उपन्यास र ‘कालपात्र’ उपन्यास अनेसासका प्रतिनिधि भगवती पौडेललाई प्रदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच