✍️ पुरुषोत्तम घिमिरे
‘म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न पनि दिन्न’ भनेर प्रतिबद्धता जनाएर देशको पटकपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले सरकार चलाएको सात महिना बित्यो तर भ्रष्टाचारमा कमी आएको छैन, झन्-झन् बढ्दो छ । यही हो उहाँको प्रतिबद्धता भनेर चोकचोकमा आवाज गुञ्जिन थालेको छ । शायद देख्नेले सुन्दैन सुन्नेले देख्दैन त्यही भएर यो समस्या आएको होला । दुईवटा ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकारले खोइ त बोले अनुसार काम गरेको ? शून्य भ्रष्टाचार भनेको होइन कम्तीमा भ्रष्टाचारमा कमी त आउनुपर्यो नि ! सरकार जनताले देख्ने काम गर्नुपर्यो, कार्यकर्ताले जयजयकार गरेको सुनेर सब ठीकठाक छ मान्नु भएन । सुखी नेपाली समृद्ध नेपाल भनेको यही हो ? हामी त भुइँमान्छे हाम्रो आवाज कसले सुन्ने ?
मन्त्रिपरिषद्को निर्णयमा कसैले हस्तक्षेप गर्न नपाउने कानुन बनाइँदैछ, यो गलत हो । हिजो पञ्चायत कालमा राजालाई र राजपरिवारलाई छुन पाइँदैनथ्यो । अहिले नेता र तिनका परिवारलाई छुन पाइँदैन । हिजो र आजमा फरक के भयो भन्ने प्रश्न आउनु स्वाभाविक हो ।
देशको अवस्था दिनप्रतिदिन खस्कँदो छ । युवा पुस्ता विदेशिनेको लर्को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ । अमेरिका, अष्ट्रेलिया, क्यानाडा, युरोपलगायतका देशमा जाने युवामध्ये ९० प्रतिशत स्वदेश फर्कँदैनन् । खाडी मुलुक जाने आफ्नो जवानी सकिएपछि फर्केने हो । यस्तो अवस्था देशको छ । त्यही पनि नेताहरूको घैँटोमा घाम लाग्दैन । रोजगारी र उच्च शिक्षा अध्ययनका लागि विदेशिएका युवालाई स्वादेशमै रोक्ने सरकारको योजना छैन । देश चलाउन रेमिट्यान्स चाहिएको छ । त्यसका लागि युवा विदेश पठाउनै परेको छ । युवा विदेश लगेर बेच्ने काम मेनपावर कम्पनीले गरिरहेका छन् । यसप्रति सरोकारवाला निकायको ध्यान जाँदैन ।
भ्रष्टाचारले सीमा नाघेको छ । बलत्कारी र अपराधीलाई राजनीतिले संरक्षण गरेको छ । देशमा प्रजातन्त्र आएको तीन दशक नाग्यो तर प्रजातन्त्र कहाँ र कसका लागि आयो जनता रनभुल्ल परिरहेका छन् । भ्रष्टाचारीलाई कारबकहीको साटो संरक्षण गरिन्छ अनि देशमा सुशासनको भाषण गरिन्छ । यही हो लोकतान्त्रिक गणतन्त्रको उपलब्धि ? कर्मचारी, नेता, व्यापारी सबै भ्रष्टाचारमा फसेका छन् । लहरो तान्दा पहरो गर्जने डरले सबै तैँ चुप मै चुप भएका छन् । शायद भन्नु पर्दा भ्रष्टाचार नहुने ठाउँ नै छैन । एउटा कलम किन्दा भ्रष्टाचार भएको छ जनता ठगिएका छन् । अन्तर्राष्ट्रिय जगतमा भ्रष्टाचार हुँदैन नेपालमा मात्र हुन्छ भन्न खोजेको होइन ।
भ्रष्टाचार हरेक देशमा हुन्छ तर विदेशी मुलुकमा भ्रष्टाचारीलाई सजाय हुन्छ, हाम्रो देशमा सम्मान फरक यति हो । २०४६ सालयता जो व्यक्ति लाभको पदमा बसेका छन् तिनको सम्पत्ति छानविन गर्यो भने थाहा भइहाल्छ, कहाँ कसरी भ्रष्टाचार भएको छ । पछिल्लो समय छानविन आयोग बनाउने आफ्नालाई उन्मुक्ति दिने काम भएको देखिन्छ । देशको अवस्थाप्रति कोही नेता सचेत छैनन् सबैलाई आफू र आफन्त बनाउनु परेको छ ।
भ्रष्टाचारमा संलग्न राजनीतिज्ञलाई कारबाही खोइ ? राजनीतिमा लागेपछि भ्रष्टाचार गर्न छुट दिनु गलत हो । भ्रष्टाचारी जोसुकै भए पनि हदैसम्मको कारबाही गर्नुपर्छ । कानुन जनतालाई एउटा नेतालाई अर्को हुनुहुँदैन सबैलाई समान हुनुपर्छ । जबसम्म भ्रष्टाचारमा संलग्न नेतालाई कारबाही गरिँदैन तबसम्म देशमा सुशासन सम्भव छैन । आफ्ना दलका नेतालाई बचाउने होइन भ्रष्टाचारी जो भए पनि कारबाही गर्नुपर्छ अनि विधिको शासन मान्न सकिन्छ ।
परिवर्तनका लागि हजारौंले बलिदान दिए । त्यसको प्रतिफल नेताहरूले खाइरहेका छन् । कहाँ भ्रष्टाचार भएको छ ? भ्रष्टाचारमा को-को संलग्न छन् ? सरकारलाई थाहा छ ? त्यही पनि सरकार मौन छ किन ? भुटानी शरणार्थीकाण्ड, बालुवाटार जग्गाकाण्ड, गिरिबन्धु टिष्टेट, क्यानटोनमेण्टकाण्ड, ओम्नीकाण्ड, सेक्युिरटी प्रेटिङ प्रेसकाण्ड जस्ता काण्डमा मुछिएका नेतालाई धमाधम सफाइ दिने काम भएको छ, योे गलत हो ।
लोकतान्त्रिक गणतन्त्रको सिद्धान्त अनुसार देश चलाउनुपर्छ बोल्ने एउटा गर्ने अर्को होइन । जुन दलको सरकार बन्यो त्यस दलका नेतालाई भ्रष्टाचारको अभियोग नलाग्ने भएपछि जसले जे गर्दा भइहाल्यो । हिजो रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री भएपछि खुलेका भ्रष्टाचारका फाइल आज रमेश लेखक गृहमन्त्री भएपछि कता हराए ?
जनतालाई कुन दलको प्रधानमन्त्री भन्नेसँग सरोकार छैन, देशमा सुशासन कायम हुनुपर्यो भन्ने हो । सबभन्दा डरलाग्दो कुरा हिजो टेबलमुनिबाट भ्रष्टाचारको डिल गरिन्थ्यो अहिले खुलमाखुला डिल गरिन्छ । यही हो सरकारको सुशासन ? सरकारी कार्यालयमा जाँदा पैसा नतिरी कामै हुँदैन । ठेक्कापट्टा लिँदा कमिसन नबुझाएसम्म टेन्डर पर्दैन । सरकारी समान खरिद गर्दा कमिसन नदिएसम्म काम बन्दैन । यतिसम्म भ्रष्टाचारले जरो गाडिसकेको छ कि यसलाई उखेल्न चानचुने व्यक्तिले आँट गर्न सक्दैन ।
एसियामा पहिलो नम्बरमा भ्रष्टाचारको सूचीमा नेपाल सूचीकृत छ । नेताहरूलाई होस् आउँदैन । देश भड्खालोमा गए पनि म र मेरा आफन्त बन्नुपर्छ भन्ने सोचका साथ राजनीतिमा होमिएका दलका नेताहरूको घैँटामा घाम कहिले लाग्ला ? देश चलाउने नेताले नेता नै भ्र्रष्टाचारको दलदलमा फसेपछि सुशासन कहाँबाट आउला । तलदेखि माथिसम्म सबै सेटिङको आधारमा मिलाइन्छ । नमिलेपछि मात्र जनताले थाहा पाउने हो । मन्त्रिपरिषद्को निर्णयमा कसैले हस्तक्षेप गर्न नपाउने कानुन बनाइँदैछ, यो गलत हो । हिजो पञ्चायतकालमा राजालाई र राजपरिवारलाई छुन पाइँदैनथ्यो । अहिले नेता र तिनका परिवारलाई छुन पाइँदैन । हिजो र आजमा फरक के भयो भन्ने प्रश्न आउनु स्वाभाविक हो ।
भन्ने बेलामा जनताको सेवक भन्ने गर्ने बेलामा जनताले तिरेको करको दुरुपयोग गर्ने । यही हो लोकतान्त्रिक गणतन्त्रको सिद्धन्त ? शीहदको सपनामाथि कुठाराघात भएको छ । परिवर्तनका लागि हजारौंले बलिदान दिए । त्यसको प्रतिफल नेताहरूले खाइरहेका छन् । कहाँ भ्रष्टाचार भएको छ ? भ्रष्टाचारमा को-को संलग्न छन् ? सरकारलाई थाहा छ ? त्यही पनि सरकार मौन छ किन ? भुटानी शरणार्थीकाण्ड, बालुवाटार जग्गाकाण्ड, गिरिबन्धु टिष्टेट, क्यानटोनमेण्टकाण्ड, ओम्नीकाण्ड, सेक्युिरटी प्रेटिङ प्रेसकाण्ड जस्ता काण्डमा मुछिएका नेतालाई धमाधम सफाइ दिने काम भएको छ, योे गलत हो ।







नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,