स्वास्थ्य नै जीवन जीवको जीवन नै जीवत्व हो । संसारका चिकित्सा पद्धतिमध्येकै प्राचीनतम चिकित्सा पद्धति हो आयुर्वैदिक चिकित्सा पद्धति । यसले र प्राकृतिक चिकित्सा पद्धतिले प्राणी मात्रलाई रोगमुक्त बनाउन सक्छ । यस प्रकारको खुबी अन्य कुनै पनि स्वास्थ्योपचार पद्धतिमा रहको अहिलेसम्म मानव समुदायले चाल पाउन सकेको छैन । संसारमा प्रचलित चिकित्सा पद्धति अनेकौं छन् तापनि योग र प्राकृतिक चिकत्सा भने औषधिविना नै प्राणलाई रोगहीन बनाउने पद्धति हुन् । यो पद्धति भनेको पञ्चतात्त्विक सिद्धान्तमा आधृत पद्धति हो । औषधिले रोगलाई फेरि लाग्न नसक्ने गरी निर्मूल बनाउँछ तर समय लाग्छ । एलोपेथिक, युनानि, होमियो पेथिक जस्ता अन्य कुनै पनि चिकित्सा पद्धतिले दबाउने काम मात्रै गर्दछन् ।
नेपालमा पनि पश्चिमबाट आएको उपचार पद्धतिले दबाएका रोगबाट आहत मानिस पटकपटक असपताल र चिकित्सकनेर जाने गरेको हामीले देखेका छौं । एलोपेथिक उपचारले छुन पनि नसक्ने रोगलाई आयुर्वेदले मात्र निको पार्नसक्ने कुरो पनि जगजाहेरै छ । साधारण रोग जण्डिस (कमलपित्त) को सम्म पनि राम्रो उपचार एलोपेथिक डाक्टरले गर्न सक्दैनन् । यो रोगलाई आयुर्वेद, प्रकृतिक चिकित्सा र आम्चिविधिका उपचार पद्धतिबाट गोडामा बिझको काँडो झिके झैँ छु मन्तर गराउँछन् । खर्चका दृष्टिले पनि यो प्राकृतिक क्षेत्रका सामग्री प्रयोग गर्ने भएको हुनाले तुलनात्मक रूपमा यो पद्धति धेरै सस्तो रहेको पनि छ । हुन त नेपालमा प्राचीनकालदेखि नै घरघरमा वैद्य नभएका पनि होइनन् ।
हाम्रो शरीर पञ्चमहाभूतबाट बनेको हो । अतः तिनै तत्वबाट उपचार गर्दा हाम्रो शरीर पूर्ण स्वस्थ बन्छ भन्ने सिद्धान्तका आधारमा ऋषिले आयुर्वेदमा कफ, वात, पित्तलाई रोग या शरीर अस्वस्थ बनाउने मूल कारण मानेका छन् । कफका पनि अनेकौं प्रकार रहेका छन् । त्यस्तै वायुका पनि प्रकारको परिगणना गरेको देखिन्छ आयुर्वेदमा ।
नेपालका शासकले भारतीय भूमिकमा रहेका बेलायती सरकारको आशीर्वाद लिन आफ्नै देशमा प्रचलित पद्धतिलाई भन्दा र आफ्नै राष्ट्र तथा राष्ट्रिय भाषाको भन्दा बढी मोह आंगल भाषालाई देखाएका कारणले संस्कृत भाषा लगायत अन्य रैथाने भाषा अति नै अविकसित अवस्थामा रहन विवश भएका समेत देखिन्छन् । आयु नै उपचारको लक्ष्य जीवको जीवन भनेकै आयु हो । लामो आयुका निमित्त खानपान, रहसहनमा सन्तुलन कायम गर्नु अपरिहार्य हुन्छ । आहारले आयुलाई निर्धारण गर्दछ । यसैगरी विहार या व्यवहारले प्राणीको स्वास्थ्यलाई प्रभावित पार्दछ । ब्रहृमाण्डकासारा प्राणी अष्ट प्रकृति या पञ्चमहाभूतबाट सृजित हुन्छन् ।
आकाश, पृथ्वी, जल, वायु, तेज जस्ता पाँचवटा महाभूतबाट स्थावर, जंगम चर अचर गरी चार प्रकारको सृष्टि भएको देखिन्छ । चर अर्थात् नभचर, स्थलचर, जलचरसमेतगरी तीन प्रकारका जीवको सृष्टि भएको देखिन्छ । नभचरमा चराचुरुंगी पर्दछन् । यी पनि बिरामी हुन्छन् र मर्छन् । यिनको उपचार गरिँदैन र मानव जति यिनीहरू बिरामी पनि पर्दैनन् किनभने यी प्रकृतिसँग घुलमिल भएर बसेका हुन्छन् । काँचो सागपात अन्नका गेडागुडी खान्छन् र आफ्ना चुच्चाले च्यापेर खान सक्ने किथ्रा फट्यांग्रा आदि जीवलाई भक्षण गर्दछन् । गिद्ध र कागले भने मरेको सिनु पनि खाने भएका हुनाले यिनीहरू रोगाएर मरेको पनि देखिन्छ । मान्छेभन्दा गाई गोरु, राँगा, भैंसी नै धेरै बलिया हुन्छन् ।
यसको रहस्य पनि खाद्य र परिश्रममा लुकेर रहेको हुन्छ । आज म जे कुरा गर्न खोज्दै छु त्यो प्राणीको आयुसँग सम्बद्ध रहेको छ । ‘आयुः कर्मञ्च वित्तञ्च विद्या निधनमेव च । पन्चैतान्यपि सृज्यन्ते गर्भस्थस्यैव देहिनः ।’ एकातिर यस प्रकारले प्राणीको आयु, विद्या, धन र मृत्यु यी पाँचवटा कुरा गर्भमा रहँदा नै निश्चित भएका हुन्छन् पनि भनिन्छ अनि अर्कातिर युक्ताहारविहारस्य भनेर पनि गुणगान गरिएको भेटिन्छ । मानवले सभ्यता विकास गरेदेखि अनेकौं कुरा आविष्कार गरेर, श्रमविभाजन गरेर, सीप र दक्षताको विकास गरेर आजका विश्वको अवस्थामा पुर्याएको भए तापनि अनेकौं प्रकारका स्वस्थ्य शास्त्रको विकास र ओखतीको आविष्कारले पनि मान्छेलाई आपत्विपत्का आवर्तमा पुर्याएकै देखिन्छ ।
हैजा आदि अनेकौं प्रकारका आधिव्याधिबाट इतिहासमा ठूलो धनजनको क्ष्ति भएको तथ्य नियाल्न सकिन्छ । सन् १९१९ को विश्वलाई स्तब्ध पार्न सफल कोरोनाकै कुरा गर्दा पनि आधुनिक उपचार पद्धतिले ठूलो सफलता प्रदर्शन गर्दागर्दै पनि यस सामुदायिक प्राकृतिकचिकित्सालयमा उपचारार्थ आएका कोरोना संक्रमित बिरामी ७९० जनामध्ये जसमा ८२ वर्षका दीर्घ रोगी र दुई वर्ष दूधेबालक रहेको यत्रो संख्याका बिरामीलाई सकुशल रोगमुक्त गरेर उनीहरूका घर फिर्ता गर्न सकेको कुरो तत्कालीन पत्रपत्रिकाले प्रकाशित गरेका थिए, आज पनि रजहर चिकित्सालयका शुभेच्छुक र चिकित्सक गौरवबोध गर्दै भन्छन्, ‘बेलैमा आहार शुद्धि गरी उपचार गर्न पाए जस्तोसुकै रोग पनि निको पार्न सकिन्छ ।’
यस केन्द्रमा आएर उपचार लिन थालेपछि मलाई मैले मैलाई ठगेको अनुभव गरेँ । दिनमा बिहान तीन साँढे तीन बजेदेखि शौचालयमा पटक पटक धाउँदा पनि पेट सफा नभएर दुःख खेप्न विवश थिएँ । यहाँ आएर बिहानै योगकक्षमा योगाभ्यास, महपानी सेवन, मृत पेटमा चिसा माटाको पट्टी, आँखामा पनि चिसै माटाको पट्टी, सर्वांग वाष्पस्नान, स्थान विशेषमा वाष्प फोहरा, समग्र शरीरमा वाष्प फोहराको सेक, एनिमा गरी समयानुसार सात्विक र सुपाच्य भोजनपछि बिहान एकै पटकमा पेट सफा हुन लागेको हुनाले म अति नै प्रसन्न भएको छु । उपचारपछि त्यही रोग दोहोरिनु हुँदैन । उपचार या चिकित्सा पद्धतिको यो सिद्धान्त नै हो तर अचेल सुप्रसिद्ध, वीर असपताल, पाटन असपताल, त्रिवि शिक्षण असपताल, काठमाडौं विवि शिक्षण असपताल कसैले पनि रोग नबल्झिने कुरो गर्दैनन् । उनीहरू रोगलाई दबाइदिएर दबाउँछन् जो फेरि बल्झन्छ ।
यसरी हेर्दा यति राम्रा र भरपर्दा उपचार पद्धति हाम्रा आफ्नै पूर्वजले हामीलाई दिएरगएका रहेछन् । हामी चाहिँ गंगाका तटको तृषित भ्यागुतो बनेर भट्कँदारहेछौं । चेतना भएका समग्र नेपाली दाजुभाइ दिदी बहिनी बाआमा सबैलाई मेरो आग्रह छ अझै ढिलो भएको छैन ब्युँझनुहोस्, आफ्ना पुर्खाको परख गर्न पछि नपर्नुहोस् । नवल परासीको रजहर भन्ने ठाउँमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय तपाईंहरूको प्रतीक्षामा रहेको छ । माल चिनेर कमाल गरौँ । आहार औषधि हो र औषधि नै आहार हो बाच्छो माउतिर जान्छ, डमरु बघिनीतिरै जान्छन् भने झैँ हरेक अंश अंशीसँग मिल्न आतुर भएर रहेको हुन्छ ।
हाम्रो शरीर पञ्चमहाभूतबाट बनेको हो । अतः तिनै तत्वबाट उपचार गर्दा हाम्रो शरीर पूर्ण स्वस्थ बन्छ भन्ने सिद्धान्तका आधारमा ऋषिले आयुर्वेदमा कफ, वात, पित्तलाई रोग या शरीर अस्वस्थ बनाउने मूल कारण मानेका छन् । कफका पनि अनेकौं प्रकार छन् । त्यस्तै वायुका पनि प्रकारको परिगणना गरेको देखिन्छ आयुर्वेदमा । विएनवाईयस पनि आयुर्वेदले प्रतिपादन गरेका सिद्धान्तको प्रायोगिक पक्ष भएको हुनाले जल (तातो चिसो) माटो (तातो चिसो) एनिमा (जुलाफ, मलशुद्धि) वाष्पस्नान (स्टिमवाथ) स्थानीय वाष्प प्रेषण (कुनै खास अंगमा तातो वाफले सेक्ने) कटिस्नान, उदरपट्टी आदि अनेकौं प्रकारका उपचारविधि छन् जो प्रात : सत्र र दिवा सत्रका क्रमले चल्दारहेछन् । ६ः३० बाट आरम्भ एको उपचार प्रक्रिया बेलुका ४ः४० सम्म पनि अनवरत चलेको देखिन्छ ।
नेपाल संस्कृत विश्व विद्यालयमा आयुर्वेद विषयको पढाइ हुन्छ, त्यो विश्वविद्यालय र यो सामुदायिक चिकित्सालयका बीचमा समझदारी विकास गरेर यहाँ वि.एन.वाई.एस.को कक्षा तत्काल आरम्भ गर्नेतिर स्थानीय बुद्धिजीवी, देशका सम्बद्ध निकायका टाउकेको पनि ध्यान यतातिर गैदिए विषय, पढुवा र पढ्न चाहनेको मात्रै होइन सबैको कल्याण हुने थियो ।
यसलाई विएनवाईएस भनेर सम्बोधन गरिएको देखिन्छ । होमियो प्याथि, एलोप्याथि आदि अनेकौं उपचारका विधि संशारमा प्रचलित भए पनि यो विधि भारत, नेपाल, चीन, तिब्बतलगायत अमेरिकासम्म चलेको सूचना पाइन्छ र अष्ट्रेलियासम्म पनि फैलेको भए तापनि अहिले यहाँ अष्ट्रेलियामा चिकित्सा सेवामा रहेकी एकजना डा.पेशाकी मान्छे यहाँ आएर आएर आफ्नो उपचार गराइरहेकी छन् भने एकजना पाकिस्तानी र एकजना दक्षिण भारतीय नागरिकसमेत यहाँ उपचारका निमित्त आएका रहेछन् । अहिलेका लुम्बिनीका मुख्यमन्त्री, पूर्वसभामुख कृष्णबहादुर महरा, वर्तमान अर्थमन्त्री विष्णु पौडेल पनि यस उपचार केन्द्रबाट उपचारित भएर स्वस्थ जीवन यापन गरिरहेका देखिन्छन् ।
यसरी हेर्दा यस चिकित्सा पद्धतिले दिनानुदिन आफ्नो प्रभाव फैलाउँदै गए पनि नीरक्षीर विवेकी शासकका आभावमा यसले आफ्नो सर्वांगीण विकासका निमित्त चारैतिर आँखा लाउनुपर्ने अवस्थाको अन्त्य भने कति टाढा छ त्यो भन्न नसकिने अवस्थामा नै रहेको देख्दा मेरो पनि छातीमा शूल लागेको छ । गुणको बैरी मानवजाति गुणीको प्राण नलिई खुशी हुँदोरहेनछ । नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेद विषयको पढाइ हुन्छ, त्यो विश्वविद्यालय र यो सामुदायिक चिकित्सालयका बीचमा समझदारी विकास गरेर यहाँ वि.एन.वाई.एस.को कक्षा तत्काल आरम्भ गर्नेतिर स्थानीय बुद्धिजीवी र देशका सम्बद्ध निकायका टाउकेको पनि ध्यान यतातिर गैदिए विषय, पढुवा र पढ्न चाहनेको मात्रै होइन सबैको कल्याण हुने थियो ।
हाम्रा देशको सरकार चाहिँ भस्मासुरको वरदान पाएको खालको छ । जसका शिरमा उसको हात पर्छ त्यो संस्थान गयो अब कसैले नभेट्ने भए भनेर बुझे हुनेछ । फेरि पनि सरकार सरकारै हो कंस र रावण प्रवृत्तिकै भए पनि । देशमा केही गर्न त उसैको मद्दतको आवश्यक्ता पर्छ नै । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति वैजु थपलियाजी पनि आएर यसका उपचार पद्धति र विधिक तथा प्रक्रियाका सम्बन्धमा रोचकतापूर्ण किसिमले केही प्रचार सामग्री पनि लिएर गएका सन्दर्भको कुरो मैले उठाएको किन पनि हो भने नेपाल संस्कृत विश्वविद्यालय र आयुर्वेद विश्वविद्यालयसँग यसको रक्तसम्बन्ध भएर पनि ती दुवैले अहिले केही वर्ष उदार दृष्टि राखेर पाइला चलाउने सम्भावना देखा नपर्दा वैकल्पिक मित्रशक्तिसँग पनि हारगुहार गर्नुपर्छ भन्ने पनि म श्री हरिप्रसाद सापकोटालाई उदाहरण दिन चाहन्छु ।
वि.एन.वाइ.एस.विश्वविद्यालय खोल्ने, ३०० शय्याको अस्पताल पनि चलाउन रजहरवासी र प्राकृतिक चिकित्सा संस्थाका परिवारले विशेष कार्यक्रम सञ्चालन गरेका छन् । यसपटक (२०८१) को फागुन १ देखि ७ सम्म विशिष्ट व्यक्ति जम्मा गरेर ‘मनस्वी कार्यार्थी न गणयति सुखं न च दुःखम्’ भन्ने सूक्ति चरितार्थ गर्दैछन् । मलाई विश्वास छ त्यो भेलामा देशका साहु सेठका साथै सबै प्रकारका मान्छे आएर स्वास्थ्य परिभ्रमणको कार्यक्रमलाई पनि सार्थक तुल्याउने छन् । शुभमस्तु ।







ढोरपाटनमा पर्यटकको ओइरो : एक
दलित समुदायका थर सूचीकरण गर्नुअघि
एमाले महासचिव पोखरेलको प्रधानमन्त्री बालेनलाई
अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि
ग्यासको कालोबजारी आरोपमा दुवाकोटका व्यापारी
२६ वर्षपछि हेटौँडा कपडा उद्योगमा