नयाँदिल्ली । च्याम्पियन्स ट्रफीमा भारतले विजयी सुरुवात गरेको छ । युएईमा बिहीबार राति शुभमन गिलको नटआउट शतकसँगै बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो । २२९ रनको सामान्य लक्ष्य भारतले ४६.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । १४४ रन जोड्दा चौथो विकेट गुमाउँदै दबाबमा परेको भारतलाई ओपनर गिल र केएल राहुलले सम्हाल्नुभएको थियो । राहुल ४१ रनमा नटआउट रहनुभयो । १२९ बल खेल्नुभएका गिलले ९ चौका र २ छक्का प्रहार गर्नुभयो। अर्का ओपनर तथा कप्तान रोहित शर्माले ३६ बलमा ७ चौकासहित ४१ रन, विराट कोहलीले २२, श्रेया ऐयरले १५, अक्षर पटेलले ८ रन बनाउनुभयो ।
बंगालादेशका रोसिद होसेनले २, तस्किन अहमद, मुस्ताफिजुरले समान १ विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगालादेश ४९.४ ओभरमा सबै विकेट गुमाएर २२८ रन बनाएको थियो । बंगालादेशका तोहिद ह्रदोयको शतक प्रहार गर्नुभयो । भारतका मोहम्मद सामीले ५, हर्षित राणाले ३ र अक्षर पटेलले २ विकेट लिए । यसअघि भएको पहिलो खेलमा न्युजिल्याण्डले घरेलु टोली पाकिस्तानलाई हराएको थियो । एजेन्सी ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच