काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताका खेलहरू लुम्बिनी प्रदेशका तीन मैदानमा हुनेछ । प्रतियोगिता फागुन २५ देखि चैत १६ सम्म हुँदैछ ।
प्रतियोगिता राउण्ड रोबिन लिगमा हुनेछ । दश टोलीबीच हुने प्रतियोगिता रूपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभल क्रिकेट मैदान तथा दाङ देउखुरीको लमही क्रिकेट मैदानमा सञ्चालन गर्न लागिएको क्यानले जनाएको छ ।
प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपिएफसहित सात प्रदेशका टोलीको सहभागिता हुनेछ । सिद्धार्थ रंगशालामा फाइनलसहित प्रतियोगितामा १७ खेल हुनेछन् । एक्स्ट्राटेक ओभलमा १५ खेल हुनेछन् । यस्तै लमहीमा १४ खेल हुनेछन् । पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी र लुम्बिनी प्रदेश भिड्नेछन् । यस्तै एक्स्ट्राटेकमा बागमती प्रदेश र एपीएफ तथा लमहीमा कर्णाली र सुदूरपश्चिमबीच खेल हुनेछ ।
प्रधानमन्त्री कपको अघिल्लो संस्करण सिद्धार्थ रंगशालासहित मूलपानी र कीर्तिपुर मैदानमा भएका थिए । यसपटक भने सबै खेल काठमाडौंबाहिर आयोजना गर्न लागिएको हो । प्रधानमन्त्री कप जय ट्रफी बहुदिवसीय क्रिकेट प्रतियोगिताको छनोटको आधारसमेत हो । अघिल्लो संस्करणको शीर्ष चार टोलीले यो वर्षको जय ट्रफीमा प्रतिस्पर्धा गरेका थिए ।







५३ हजार बढी ग्यास सिलिन्डर
तरकारीको विषादी परीक्षण बढाइँदै
जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र
मधेश प्रदेशमा छ वर्षमा २८
रिपब्लिकनले काङ्ग्रेस नियन्त्रण कायम राखे
मन्त्रिपरिषद्को बैठक बस्दै