
ललितपुर । प्रकृतिसम्मत कृषिको प्रवद्र्धन गरौं, कृषि कर्मलाई उद्यममा रूपान्तरण गरौं भन्ने नाराका साथ राष्ट्रिय कृषक समूह महासंघ र मेट्रो मार्केटको व्यवस्थापनमा शनिबारदेखि ललितपुरको झम्सीखेलमा किसान बजार सञ्चालनमा आएको छ । कृषकद्वारा अर्गानिक कृषि उत्पादन उपभोक्तासम्म पुर्याउने अभिप्रायसाथ आजदेखि किसान बजार सञ्चालनमा ल्याइएको महासंघले जनाएको छ ।
किसान बजार शुभारम्भ गर्दै ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वच्छ तथा अर्गानिक तरकारी र खाद्यान्न बजारीकरण गरी किसानलाई उत्पादनको उचित प्रतिफल दिन उपयुक्त स्थान तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानको सम्मान नभएसम्म देश समृद्ध हुन सक्दैन, तसर्थ यो अभियानले शुद्ध खाद्यवस्तु प्रवद्र्धनका साथै किसानको सम्मानका लागि महत्वपूर्ण भूमिका खेल्नेछ, पर्यावरण र माटो जोगाउन अर्गानिक उत्पादनलाई प्रोत्साहित गर्न यो अभियान फलदायी छ, यसले उत्पादक र उपभोक्ताबीच समन्वय गराउँदै उत्पादनमा जोड दिन महत्वपूर्ण योगदान दिनेछ ।’
राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालाले किसानको पेशालाई सम्मानित बनाउन र उत्पादनको पूर्ण मूल्य प्रदान गर्न आवश्यक रहेको भन्दै उत्पादनमा आधारित खाद्य सुरक्षा र खाद्य सम्प्रभुताका लागि सहभागितामूलक सुनिश्चितता प्रणालीमार्फत् अर्गानिक उत्पादन उपभोक्तासम्म पुर्याउन हरसम्भव प्रयास गरिने बताउनुभयो । मेट्रो मार्केटले किसानको पहिचान गरी तहगत व्यवस्थापन गरी सामाजिक सुरक्षामा जोड्नसमेत सहयोग गर्ने उहाँको भनाइ थियो ।
किसान बजारका निर्देशक इसानी श्रेष्ठले सहजै पाइने अर्गानिकयुक्त खाद्य सामग्री प्रवद्र्धनका साथै स्वस्थ तरकारीको बजारीकरण र उपभोक्तासम्म सहजरूपमा पुर्याउन अभियान प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो । किसान र उपभोक्ताबीचको दूरी घटाउँदै उत्पादन गरी बजारीकरणमा सहज पहुँच अभिवृद्धिका लागि विषादीरहित खानालाई प्रेरित गर्न लागिपर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । किसान बजारमा हरेक शनिबार मेला लाग्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच