पछिल्लो आदानप्रदानमा हमासद्वारा ६ वन्धकहरू रिहा

हिमालय टाइम्स

काठमाडाैं । इजरायल रक्षा बलले हमासद्वारा ६ जना इजरायली वन्धकहरूलाई जारी युद्धविराम आदानप्रदानको एक भागको रूपमा शनिवार रिहा गरिएको जनाएको छ । पाँच बन्धकहरूमध्ये दुईलाई शनिवार पहिले दक्षिणी गाजाको रफाहमा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समितिको सवारीबाट स्थानान्तरण गरिएको थियो ।

ती दुई जना ३८ वर्षीया एभेरा मेंगिस्टु, एक इथियोपियाली मूलका इजरायली पुरुष अश्केलोनबाट रहेका छन् ।  जो २०१४ मा गाजा पुगेका थिए । त्यसबेलादेखि नै बन्धक बनाइएका थिए । ४० वर्षीय ताल शोहमलाई अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणको क्रममा पक्राउ गरिएको थियो ।

शोहमकी श्रीमती र दुई छोराछोरीलाई पनि वन्धक बनाइएको थियो । नोभेम्बर २०२३ मा अस्थायी युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिएको थियो । २२ वर्षीय ओमर शेमटोभ, २७ वर्षीय एलिया कोहेन र २३ वर्षीय ओमर वेन्कर्टलाई पनि २०२३ मा इजरायलमा हमासको आक्रमणको क्रममा पक्राउ गरिएको थियो ।

जनवरी १९ देखि लागू हुने पहिलो चरण अर्को हप्ता समाप्त हुने तय भएको छ र जब हमासले १ हजार ५ सय भन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ इजरायली बन्धकहरू, २५ जीवित र आठ मृतकको रिहाइ पूरा गर्ने अपेक्षा गरिएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?