
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले नीतिगत समस्या र राजनीतिक स्वार्थका कारणले नेपालले जलवायु परिवर्तनको असर कम गर्न लक्ष्यअनुसार काम गर्न नसकेको बताउनुभएको छ ।
आईतवार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको जलवायुसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले उहाँले नीतिगत समस्याका कार्य लक्ष्यअनुसार जलवायु कार्य गर्न नसकिएको बताउनुभएको हो । उहाँले सार्वजनिक प्रतिवेदन जलवायु कार्य गर्नको भइरहेका समस्या र समाधानसहित प्रतिवेदन सार्वजनिक गर्नुभएको दाबी गर्नुभयो । उहाँले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दै गएका कारण व्यवस्थापीकय क्षमता कमजोर हुँदै गएको बताउनु भयो । सही ठाउँमा सही मान्छेलाई नियुक्त गर्न सके व्यवस्थापकीय क्षमतामा वृद्धि हुँदै जाने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो व्यवस्थापकीय क्षमता राजनीति बढी भएर कमजोर हुँदै गइरहेको छ । सही र इमानदार मान्छे यदि सही ठाउँमा नियुक्त गरिदिने र वहाँलाई साच्चिकै काम गर्ने वातावरण तयार गरिदिने हो भने हामीले संसारका कुनैपनि देशको भन्दा कम व्यवस्थापकीय क्षमतामा र कम प्रभावकारितामा काम गर्दैनौं । तर यहाँ मेरो मान्छे हो मेरो भनेको यसले मान्छ भनेर जुन समाचारहरु आउने गरेका छन् यही कारणले व्यवस्थापकीय क्षमता बिग्रिएको हो । यहाँ दोष लगाइन्छ कानूनलाई । कानूनमा समस्या हुन्छ । त्यसलाई सुधार गर्दै लैजानुपर्छ तर गर्ने मान्छेले सबै सही गर्नसक्यो भने नि डराउनुप-यो यहाँ ।’
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले दाताहरुको सहयोगमा जलवायु परिवर्तनको असर कम गर्नको लागि सञ्चालित आयोजनाहरुको विश्लेषण गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा विश्व बैंक, एशियाली विकास बैंक, जर्मन सरकार, ग्रीन क्लाइमेट फन्ट ९जिसिएफ०को सहयोगमा सञ्चालित आयोजनाहरुको विश्लेषण गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच