काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भलिबल खेलाडी १९ वर्षीय सूर्य विकको उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । कोषका संयोजकसमेत रहनुभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले सूर्यका दाजु सन्तोषलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्दै सूर्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
श्रीलंकाको कोलम्बोमा गत असोज १९ देखि २६ गतेसम्म भएको यू-१९ पुरुष भलिबल प्रतियोगिता खेल्ने क्रममा सूर्य घाइते हुनुभएको कोषका सदस्य-सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाउनुभएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर