काठमाडौं । सावित्रा भण्डारीको नायकी गोलसँगै नेपाल इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा हारबाट जोगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार सम्पन्न खेलमा नेपालले म्यानमारसँग दुई-दुईको बराबरी खेलेको हो । नेपालले म्यानमारसँग दोस्रोपल्ट बराबरी खेलेको हो । फरवार्ड सावित्रा भण्डारी र सविता रानामगरको गोलमा नेपाल घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा हारबाट जोगिएको छ । बराबरीसँगै नेपाल र मयानमारले एक/एक अंक बाँडेका छन् ।
खेलमा लगातार दुई पटक पछि परेको नेपालले उत्कृष्ट पुनरागन गर्दै हारबाट जोगिएको हो । खेलको छैटौँ मिनेटमा नै नेपाल एक-शुन्यले पछि परेको थियो । म्यानमारकी म्यान नाई खिनको फ्रिकीक प्रहार नेपालकी गोलरक्षक अञ्जना राना मगरले जोगाउन नसक्दा नेपाल सुरुवातमा नै पछि परेको थियो । तर, खेलको ११ औँ मिनेटमा सविता राना मगरको गोलमा नेपाल खेलमा फर्किएको हो । सावित्रा भण्डारीले डिबक्स भित्रबाट दिएको क्रसमा सविताले गोल गर्दै नेपाललाई बराबरीमा ल्याउनुभएको थियो ।
खेलको १५ औँ मिनेटमा गीता रानाको फ्रिकीक सिधै म्यानमारकी गोलरक्षकको हातमा पुगेको थियो । १६ औँ मिनेटमा म्यानमारले नेपालविरुद्ध पुनः अग्रता बनायो । स्वी यी थुनको लामो प्रहारलाई मे हेथे वाइको नियन्त्रणमा लिएपनि नेपालकी डिफेन्डर गीता रानाले राम्रोसँग क्लीयर गर्न नसकेको बललाई उहाँले पोष्टको गति दिनुभएको थियो ।
खेलको २७ औँ मिनेटमा साम्बाको फ्रिकिक सिधै म्यानमारकी गोलरक्षकको हातमा पुग्यो । ३२ औँ मिनेटमा म्याथ नोइको फ्रिकीक नेपालकी गोलरक्षक अञ्जनाको हातमा पुग्यो । तर, खेलको ४० औँ मिनेटमा साम्बाको गोलमा नेपाल फेरि खेलमा फर्किएको हो । प्रीति राईको पासमा साम्बाले बललाई पोष्टको जाली चुमाउनुभएको थियो ।
खेलको ६३ औँ मिनेटमा विन थेंगी टनको फ्रिकीक गोलरक्षक अञ्जनाको हातमा पुग्यो । खेलको ७३ औँ मिनेटमा प्रीति राईको फ्रिकीकमा रश्मी कुमारी घिसिङको हेडर सिधै गोलरक्षकको हातमा पुग्यो । लगत्तै रेनुका नगरकोटेको प्रहार किपर कै हातमा पुग्दा नेपालले अग्रताको मौका गुमायो । यसअघि नै फाइनलमा पुगिसकेका नेपाल र म्यानमारले अब उपाधिका लागि बुधबार भिड्नेछन् ।
लेबनानको सुखद अन्त्य, कीर्गिस्तान जितविहीन
चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानले सुखद अन्त्य गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा लेबनानले आफ्नो अन्तिम खेलमा कीर्गिस्तानलाई दुई-शुन्यले हराउँदै प्रतियोगिताको अन्त्य सुखद बनाएको हो । यो जितसँगै तीन खेल खेल्दा लेबनानले एक जित र दुई हारसहित प्रतियोगिताको अन्त्य गरेको छ । यता, कीर्गिस्तान भने प्रतियोगितामा जितविहीन बनेको छ ।
आइतबारको खेलमा लेबनानले दुवै गोल पहिलो हाफमा गरेको हो । क्रिस्टी मालोउफले १३औँ मिनेटमा गोल गर्दै लेबनानलाई अग्रता दिलाउनुभएको थियो । त्यसको नौ मिनेटपछि नै लेबनानले अग्रता दोब्बर बनाएको थियो । २२औँ मिनेटमा मे रोज म्हानाले लेबनानको अग्रतालाई दोब्बर बनाउनुभएको थियो ।
खेलमा जित हासिल गरेसँगै लेबनानले अंक तालिकामा तेस्रो हुँदै प्रतियोगिता यात्रा पनि समाप्त गरेको छ । लेबनानले यसअघि पहिलो खेलमा म्यानमारसँग तीन-एकले र दोस्रो खेलमा नेपालसँग एक-शुन्य को हार बेहोरेको थियो । यता, कीर्गिस्तानले भने पहिलो खेलमा नेपालसँग एक-शुन्य र दोस्रो खेलमा म्यानमारसँग पाँच-शुन्यको हार बेहोरेको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच