
काठमाडौं । विनोद दनुवार र सुनिता तिमल्सिनाको स्वरमा रहेको गीत ‘मेरै हातको सिन्दुर’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको शब्द एवं संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सुरेश थापाको निर्देशन रहेको यो आधुनिक गीतको भिडियोमा भुवन के पोखरेल र लक्ष्मी सुनारलाई फिचरिङ गरिएको छ । प्रवेश पोखरेलको छायांकन रहेको भिडियोमा शौखिन तिमल्सिनाको सम्पादन छ ।
गीतको भिडियो काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको थियो । भिडियो सर्वाजनिक कार्यक्रममा जसपा केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री मिर्गेन्द्रकुमार सिंह यादवको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला रहनुभएको थियो । सुरज खनाल सभापति भएको कायक्रमा भिडियोमा अभिनय गर्ने कलाकारलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच