✍️ विष्णुचन्द्र गौतम
संसारको जतिसुकै शक्तिशाली राज्य होस् या साम्राज्य, राजा हुन् या प्रजा सबै समयको क्रमसँगै कतै हराएर वा विलाएर जानेछन् । सधैं एकनास रहने छैनन् । इतिहासका शक्तिशाली रोमन साम्राज्य र अटोमन साम्राज्य विश्वको नक्सामा आज कतै छैनन् । सिकन्दर, जेङ्गिज खान र हर्षवद्धन आज कतै हराईसकेछन् । भनिन्छ यस ब्रहृमाण्डका सबै कुरा परिवर्तनशील छन् तर स्वयं परिवर्तन भने एकनास रहनेछ । नेपाली समाज र संस्कृति पनि यो कुराबाट कुनै पनि हालतमा अछुतो रहेको छैन । हिजोका रीतिरिवाज, चालचलन, संस्कृति र मूल्य मान्यता नेपाली समाजबाट कतै हराएको वा हराउन खोजिरहेको अनुभूति भइरहेको छ । मूलतः शिक्षा र प्रविधिको विकासको कारण नेपाली समाज र संस्कृति हिजोको जस्तो रहेको छैन । परिवर्तन चुनौती र अवसर दुवै हुने गर्दछ । त्यसैले यसका समस्याभित्र समाधान र यसका कठिनाई भित्र सहजता खोज्दै अगाडि बढ्नु आजको टड्कारो आवश्यकता हो ।
अनेकतामा एकता र धार्मिक सहिष्णुताको विशेषताले सज्जिएको हाम्रो समाज आज संकुचित र स्वार्थी भावनाले ग्रसित बन्दै गएको छ । विवाह, व्रतबन्ध, पास्नी र श्राद्ध जस्ता ठेट नेपाली संस्कारहरू धमिलो र मलिन बनेको देख्न सकिन्छ । यसको स्थानमा विदेशी चलन र संस्कृति जस्तै ‘बर्थडे सेलीब्रेसन’, ‘बेबी सावर’, ‘गेट टुगेदर’, ‘पार्टी’ नेपाली समाजमा मस्त रमाइरहेका भेटिन्छन् ।
हिजोका दिनहरूमा व्यापक रूपमा प्रयोग रहेका नाम्लो, डोको, ठेकी, मदानी, हँसीया र खुर्पेटो आजका दिनहरूमा देख्नै मुश्किल पर्न थालेको छ । कोल, पानीघट्ट, सन्दुक, चर्के पिङ, हल्लुड, जुवा, हलो र फालीहरू आज कतै मिचिएका वा थिचिएका झै लागि रहेछन् । कुँडे, डल्लेठो, गाग्रो, आरन, सुकुल, गुन्द्री आदि जस्ता कुराहरूको नाम सुन्दा आजको नेपाली समाजको पुस्ता अनौठो र अचम्म मानिरहेको छ । यी सबै कुराहरू आज सान्दर्भिक त नहोलान् तर यी सबै नेपाली पहिचानसँग कुनै न कुनै रूपमा जोडिएका छन् । राम्रो र सान्दर्भिकले आवश्यक परिमार्जनसहित निरन्तरता पाउनुपर्दछ । यही नै सोह्रै राम्रो हुन्छ । पाहुनालाई अतिथि देवो भवः भन्ने समाज आज एकलकाँटे र व्यक्तिवादी बन्दै गएको छ । अरूको उपकार गर्नु नै सबैभन्दा ठूलो धर्म हो भन्ने नेपाली समाजको त्यो सोच आज किन कम भएको होला ? ‘मै खाऊ मै लाऊ, मोज म गरू’ भन्ने सोचाई र बुझाई किन बढिरहेको होला ?
अनेकतामा एकता र धार्मिक सहिष्णुताको विशेषताले सज्जिएको हाम्रो समाज आज संकुचित र स्वार्थी भावनाले ग्रसित बन्दै गएको छ । विवाह, व्रतबन्ध, पास्नी र श्राद्ध जस्ता ठेट नेपाली संस्कारहरू धमिलो र मलिन बनेको देख्न सकिन्छ । यसको स्थानमा विदेशी चलन र संस्कृतिहरू जस्तै ‘बर्थडे सेलीब्रेसन’, ‘बेबी सावर’, ‘गेट टुगेदर’, ‘पार्टी’ नेपाली समाजमा मस्त रमाइरहेका भेटिन्छन् । विवाहमा बजाइने पञ्चे बाजा नेपाली माटोको अविष्कार हो तर आज व्याण्ड बाजाका तालहरूले यसलाई क्वाप्प निलेको हो कि जस्तो लागि रहेको छ । भरखरै पढे लेखेका भनिएका मानिसहरूले ६४, ६५, ८५, ८८ आदि बुझ्दैनन् यसका लागि उनीहरूलाई सिक्स्टी फो, सिक्स्टी फाइभ, एटी फाइभ र एटिएट भन्नुपर्ने हुन्छ । यो ठूलो विडम्बना र दूरदशा हो । पिता पुर्खाहरूले ज्ञान र बुद्धिका लागि पढ्ने मुन्धुम, वेद, त्रिपिटक आज न विद्यालयमा अनिवार्य पढाइ हुन्छ न क्याम्पसमा नै ।
नेपाली समाज र संस्कृति नैतिकता, सच्चरित्रता र सहनशीलताका बाटा नछोडी परिवर्तन हुनुपर्दछ । परिवर्तनको नाममा नेपालीले नेपालित्व नै बिर्सियो भने त्यो परिवर्तनको के अर्थ हुन्छ र । चार जात छत्तीस वर्णको पूmलबारी कसैको भड्काउ र बहकाइमा लाग्नु हुँदैन । विदेशीबाट हामीले हाम्रो संस्कृति र परम्पराको इतिहास सिक्नु भनेको पुरुषले महिलाई प्रसव पीडाकोबारे अथ्र्यानु जस्तै हो ।
परिवर्तन अवश्यम्भावी हो । न यसलाई रोक्न सकिन्छ न यसलाई छेक्न सकिन्छ । तर, परिवर्तनको नाममा आफ्नो अस्तित्वलाई नै खतरामा पार्नु जायज हुन्छ र अरूको अन्ध नक्कल कदापी परिवर्त हुन सक्दैन । कुनै पनि वस्तुमा आएको सकरात्मक नयाँपन र विकसित स्वरूपमात्र परिवर्तन हुन सक्दछ । आफ्ना राम्रा कुराहरू बिर्सेर अरूका नराम्रा कुरा पनि अंगाल्नु कदापी परिवर्तन होइन । त्यसैले भनिन्छ नक्कल गर्नलाई पनि अक्कल चाहिन्छ । आपसी सद्भाव, भाइचारा, एकता र मित्रता समाजको परिचायक बन्नुपर्दछ न कि टुटफुट, दोषारोपण र हिंसा । आफ्नै परिचय गुमाएर हामी आधुनिक, शिक्षित र सभ्य कहलिन सक्दैनौ ।
विगतमा टोलैपिच्छे देखिने चौतारीका बर पिपल र पाटी पौवा विरलै देखिन्छन् । ढुंगेधारा र कुलो पैनीहरू निकै कम भइसकेका छन् । अखबारहरूमा खबर सुनिन्छ, तिहारमा भाइटिका गरेर दाजु बनाएको लै नै बहिनीलाई बलत्कार गर्यो रे । हामी कस्तो समाजतर्फ लम्कँदै छौं ? हिंसा उपद्रव, उदण्डता अनि अराजकता नेपाली समाजको परिवर्तीत चिनारी हुन् सक्दैन र हुनु पनि हुँदैन । धार्मिक, जातीय वा भाषिक अतिवाद सुरु हुनु भनेको त्यस धर्म, जात र भाषा कै अधोगति सुरु हुनु हो । सकिने बाटोतर्फ लाग्नु हो ।
नेपाली समाज र संस्कृति नैतिकता, सच्चरित्रता र सहनशीलताका बाटाहरू नछोडी परिवर्तन हुनुपर्दछ । परिवर्तनको नाममा नेपालीले नेपालित्व नै बिर्सियो भने त्यो परिवर्तनको के अर्थ हुन्छ र । चार जात छत्तीस वर्णको पूmलबारी कसैको भड्काउ र बहकाइमा लाग्नु हुँदैन । विदेशीबाट हामीले हाम्रो संस्कृति र परम्पराको इतिहास सिक्नुभनेको पुरुषले महिललाई प्रसव पीडाकोबारे अथ्र्यानु जस्तै हो । हामी नै हाम्रो इतिहास र संस्कृति बारे जान्दछौं । यो हामीले नै लेख्नुपर्दछ । अरूले होइन । अब जहाँ नेपाली त्यहाँ वरपिपलको शीतलता हुनुपर्दछ ।
पञ्चेबाजाको धुनले ती ठाउँहरू गुञ्जयमान बन्नुपर्दछ । बाटाहरू फराकिला बनुन्, चौकहरू चौडा होउन, खेतबारीमा बालीनाली लहलह झुलोस् र आपसी एकता र मित्रताले सगरमाथाको शिखर चुमोस् । ल्होसार, साकेला रमजान, दशैँमा हरेक नेपाली रम्न र झुम्न सकून । अबको बदलिँदो नेपाली समाज र संस्कृति यस्तै बन्न सकोस् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि