
काठमाडौं । नेपाली कांग्रेसमा भ्रातृ संस्थाहरूको महाधिवेशन सधैँ चासो र चिन्ताको विषय बन्ने गर्दछ । गुटगत राजनीति र नेताहरूको टकरावका कारण कांग्रेसका कुनै पनि भ्रातृ संस्थाले नियमित महाधिवेशन गर्न सकेका छैनन् । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायत अधिकांश कांग्रेस भ्रातृ संस्थाहरूमा अहिले तदर्थ नेतृत्व रहेको छ । तीमध्ये नेपाल प्रजातन्त्र सेनानी संघले गत फागुन ७ गते काठमाडौंमा महाधिवेशनका उद्घाटन गर्यो । केही भ्रातृ संस्थाहरूले महाधिवेशन केन्द्रित गतिविधि तीव्र पारेका छन् भने केहीले तयारीको सुरसारसमेत गरेका छैनन् । कांग्रेसले महाधिवेशन गराउन सबैजसो भ्रातृ संस्थाका लागि छुट्टाछुट्टै तयारीसमेत बनाएको छ । तर, कांग्रेसमा केन्द्रीय नेता सम्मिलित निर्देशन समितिले भने प्रभावकारी कार्यसम्पादन गर्न सकेका छैनन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं नेविसंघको पूर्वअध्यक्ष हुनुहुन्छ । उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा लगायतले विगतमा नेविसंघको नेतृत्व गर्नुभएकै हो । नेविसंघ, तरुण दल लगायतका भ्रातृ संस्थाको नेतृत्व गरिसकेका नेताहरूको कांगेसको केन्द्रीय समितिमा बाहुल्य भए पनि भ्रातृ संस्थाहरूको हालत भने सधैँ निरीह देखिन्छ ।
नर्सरी नै नरहने चिन्ता
कांग्रेसको नर्सरीका रूपमा नेपाल विद्यार्थी संघलाई चिनिन्छ । विद्यार्थी राजनीतिमा कुनै बेला छुट्टै प्रभाव राख्ने नेविसंघले गणतन्त्र स्थापनायता जम्मा एकपटक मात्रै निर्वाचनबाट नेतृत्व चयन गर्न सफल भएको छ । २०६८ सालमा प्रदीप पौडेल नेतृत्वको नेविसंघ कार्यसमितिले महाधिवेशन गराउन नसकेपछि पौडेलले राजनीनामा दिनुभएको थियो । त्यसपछि रञ्जित कर्णको नेतृत्वमा बनाइएको नेविसंघ केन्द्रीय समितिले ढिलो गरेर भए पनि महाधिवेशन सम्पन्न गराएको थिए । २०७३ सालमा कर्णले महाधिवेशन गराएर नैनसिंह महरको नेतृत्वमा निर्वाचित समितिलाई पद हस्तान्तरण गर्नुभएको थियो । त्यसयता महरसहित राजीव ढुंगाना र दुजाङ शेर्पा अध्यक्ष भइसक्नु भएको हो । दुवैजना मनोनीत अध्यक्षले महाधिवेशन गराउन सक्नुभएको छैन । नेविसंघभित्र संस्थापन, संस्थापन इतर र महामन्त्री गगन थापानिकट गुटबीचको विवाद नै महाधिवेशन गराउन नसक्नुको मुख्य कारण हो । कांगेस नेता एवं पूर्वनेविसंघ अध्यक्ष रञ्जित कर्ण पार्टीका नेताहरूले हस्तक्षेप नगर्ने र गुटको स्वार्थ नहेर्ने हो भने महाधिवेशन सम्भव रहेको बताउनुहुन्छ । ‘कांग्रेसले हस्तक्षेप नगरेर ‘लजिस्टी सपोर्ट’मात्रै ग¥यो भने महाधिवेशन भइहाल्छ । नेताहरूले आफ्नो स्वार्थ समातेकै कारण नेविसंघले नियमित महाधिवेशन गर्न नसकेको हो’, कर्णको भनाइ छ ।
तरुण दल, महिला संघ उस्तै उस्तै
२०७३ सालमै तरुण दल र महिला संघको महाधिवेशन भएको थियो । त्यसयता महाधिवेशन हुन सकेको छैन । अहिले तरुण दलले विधानसम्म बनाएर केन्द्रीय समितिलाई बुझाए पनि चैतभित्रै महाधिवेशन हुने सम्भावना कम छ । महिला संघको पनि स्थिति उस्तै छ । महिला संघमा महाधिवेशनको कुनै छेकछन्द नदेखिँदा संस्थापन र इतर पक्षबीच विवाद बढ्दो छ । तरुण दलको महाधिवेशन गर्न सहमहामन्त्री डिना उपाध्यायको संयोजकत्वमा र महिला संघको महाधिवेशन गराउन प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्देशन समिति बनाएको छ । निर्देशन समितिका नेताहरूले महाधिवेशन गराउन आफूहरूले प्रयास गरिरहेको बताउँदै आएका छन् ।
चैतसम्मको अल्टिमेटमले काम गर्ला ?
कांग्रेसले यही चैतभित्र महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाहरूको म्याद थप नहुने स्पष्ट पारिसकेको छ । यथास्थितिको तयारीले नेविसंघ, तरुण दल र महिला संघमा महाधिवेशन हुने देखिँदैन । लोकतान्त्रिक अपांग संघले भने धमाधम प्रदेश अधिवेशनहरू गरिरहेको छ । संघका अध्यक्ष प्रकाश पन्थ पार्टीले दिएकै अवधिमा महाधिवेशन गराउने बताउनुहुन्छ । ‘अहिले हामी प्रदेश अधिवेशन गरिरहेका छौँ । चैतभित्र महाधिवेशन गर्छौं’, पन्थले भन्नुभयो । कांगेस केन्द्रीय सदस्य टेकपसाद गुरुङ भूपू सैनिक संघको पनि महाधिवेशनको तयारी अगाडि बढेको बताउनुहुन्छ । चैतसम्मको म्याद पाएकामध्ये आधा मात्रै भ्रातृ संस्थाले महाधिवेशन सम्पन्न गर्नसक्ने देखिन्छ । मुस्लिम संघले प्रक्रिया थाले पनि अधिवेशनहरू विवादित बन्दा समस्या बल्झिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच