झापा बिद्रोह र क्रान्तिको अभिभारा माओवादीले पूरा गर्छ : अध्यक्ष दाहाल

राजेन्द्र गौतम झापा, संवाददाता

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्याय, समानता र स्वतन्त्रताको जिम्मेवारी माओवादीले लिने बताउनु भएको छ । अध्यक्ष दाहालले मुलुकको राष्ट्रिय झण्डोत्तोलन गरेर अभियानको उद्घाटन गर्नुभएको हो ।

झापाको केचनाबाट पार्टीले संचालन गरेको तराई-मधेस जागरण अभियानको अहिले केहीबेर अघि उद्घाटन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, " झापा क्रान्ति र बिद्रोहका प्रतीकका रूपमा चिनिने जिल्ला हो " उसबेला झापामा बिद्रोह गर्नेले त्यो बाटो नै छाडे, त्यो नै अहिले खतरामा छ, माओवादीले त्यसलाई जोगाउँछ, अब माओवादीले त्यो अभिभारा पूरा गर्छ ।"

उहाँले मुलुकको होचो भू-भागबाट सुरु भएको अभियानलाई अग्लो भू-भागमा जाने तयारीको संज्ञा दिनुभयो । माओवादीको देश्व्यापी अभियानले अहिले पार्टीमा मात्रै नभएर जनतामा नयाँ आसा र उत्साह ल्याएको अध्यक्ष दाहालको दाबी छ । "मुलुककको सबैभन्दा होचो भूमिबाट देशको झण्डोत्तोलन गरेर राष्ट्रिय अभियानको उद्घाटन गर्दा मलाई व्यक्तिगत रूपमा निकै खुशी लागेको छ, यो क्षणमा केन्द्रिय कमिटी र सिङ्गो पार्टी नै खुशी र उत्साही भएको छ", उहाँले भन्नुभयो, "होचो भू-भागबाट अग्लो भू-भागमा जाने झापा जिल्ला कमिटीले जुन अभियान सुरु गरेको छ यो ऐतिहासिक काम हो, म झापा जिल्ला कमिटी र आवद्ध सबैलाई धन्यवाद दिन्छु ।"

आजै बिहान ऐतिहासिक तथा पूरा तात्कालिक क्षेत्र किच्चकबधको आफूले अवलोकन गरेको सुनाउँदै अध्यक्ष दाहालले यो भूमि कोचिला, सन्थाल र कोच सभ्यतासँग जोडिएको स्थान भएको आफूलाई महसुस भएको बताउनुभयो । "यो राजवंशीहरुको सभ्यतासँग जोडिएको ऐतिहासिक स्थल रहेछ", उहाँले भन्नुभयो, "यसको संरक्षण र सम्बर्द्धनमा तपाईंहरु लाग्नुस्, केचना र किच्चकबध जस्ता ऐतिहासिक स्थानको विकासमा लाग्न म सबैमा अपीलसमेत गर्दछु ।"

उहाँ हिजो आफू चन्दगढी विमानस्थलमा उत्रेपछि, उद्योगी- व्यवसायी , मेची रंगशालामा खेल क्षेत्रका व्यक्तित्व तथा स्थानीयबासीको सद्भावले आफूमा उत्साह जागेको उहाँको भनाइ छ । माओवादीाओवादी नेताहरू अहिले आमगाछीमा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रममा व्यस्त छन् ।

आज सुरु भएर कन्चनपुरमा चैत ७ गते समापन हुने अभियान हुलाकी राजमार्ग केन्द्रित हुनेछ । अभियानमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, पम्पा भुसाल, शक्ति बस्नेत, हरिबाेल गजुरेललगायत केन्द्रित नेता अभियानमा सहभागी बन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?