जुम्ला । जुम्लाका ग्रामीण भेगमा पर्ने गाउँवस्तीमा यातायातको सेवा विस्तार भएको छ । स्थानीय सरकारले गाउँमा पुग्ने ग्रामीण सडक निर्माण गरेपछि पछिल्लो समयमा यहाँका आठवटै स्थानीय तहका ६० वटाका मुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएकाछन् ।
६० वडामध्ये तिला गाउँपालिका ६, ७, ८ र ९ वडामा जोड्ने सडक तिला गाउँपालिका-१ रारामा तिला नदीमाथि मोटरेबल पक्की पुल निर्माण भएपछि यहाँका दुर्गम भेगमा पर्ने गाउँबस्ती लामो समयपछि सडक सञ्जालमा जोडिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।
यहाँकासवै वडापालिकासम्म कच्च (अफरोड) सडक निर्माण भएपछि सार्वजनिक यातायात सेवा सुचारु हुन थालेकाछन् । यसअघि यहाँको सदरमुकाम खलंगा हुदै कर्णाली राजमार्ग जुम्ला नाग्म सडक खण्ड र नाग्म गमगढी मुल सडकमा मात्रै सार्वजनिक सवारी साधन सञ्चालन हुने गरेका थिए ।
अब यहाँका ग्रामीण सडकमा (अफरोड) पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।
जुम्लामा रहेको नमस्ते हिमचुतिवा यातायात प्रालिले यहाँका मुकाम खलंगाहुँदै पालिकाको ग्रामीण भेगमा पर्ने कुडारीको डुग्रीसम्म सार्वजनिक यातायात सेवा सुचारु गर्न थालेको हिमचितुवा यातयात प्रालिले जनाएको छ । सोही यातायातले खलंगादेखि रारालिहि, रारालिहिदेखि मानेचौर, राँसा मालापानीसम्म सार्वजनिक यातायात सेवा सुचारु गर्न थालेको हिमचितुवा यातयातले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच