बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते हुनुभएकाे छ । जिल्लाको मेलौली नगरपापलिका-३ कुजागाडका ३८ वर्षीय गणेश सिंह भाट घाइते हुनुभएकाे हाे ।

बाख्रा चराउन गएका बेला सोमबार बिहान साढे १० बजेतिर चितुवाले भाटलाई आक्रमण गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो । उहाँको घाँटी, छाती र पिठ्युमा चोट रहेको र अवस्था मध्यम रहेको उहाँले बताउनुभयो ।

घरबाट झन्डै ६ सयको दुरीमा रहेको कोला खोला जंगलमा बाख्रा चराउन गएका भाटमाथी पछाडीबाट आक्रमण गरेको मेलौली नगरपालिका-३ वडाअध्यक्ष गगनसिंह भाटले जानकारी दिनुभयो ।

घाइते भाटको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी रिफर गरिएको वडाअध्यक्ष भाटले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?