
काठमाडौं । फरवरी महिनाभर देशव्यापीरूपमा आयोडिनयुक्त नुनको सही उपभोग सम्बन्धमा जनचेतना जगाउने उद्देश्यका साथ सरकार तथा सरोकारवाला निकायहरूले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । आयोडिनयुक्त नुनको सही उपभोगको जानकारी, उपभोग विधि र उपयोग नगर्नाले आयोडिनको अभावमा हुने मानव स्वास्थ्य समस्यामा केन्द्रित रहँदै राष्ट्रिय उपभोक्ता मञ्चले पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका सहभागीहरूले आयोडिनयुक्त नुुनले नभई बढी नुन सेवनका कारण स्वास्थ्य जोखिम आउने भन्दै दैनिक खानामा नुन घटाउन सुझाएका छन् ।
सोहीक्रममा मञ्चले मंगलबार काठमाडौं मा संघीय प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति माननीय अब्दुल खान, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजाल, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बाल पोषण शाखाका प्रमुख लिलाबिक्रम थापा, साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा पोषणविद् थापाले आयोडिनयुक्त नुनको गुण, शारीरिक आवश्यकता र आयोडिनको कमीले हुने मानव स्वास्थ्य समस्या सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो भने समिति सभापति खानले बजार हल्लामा लागेर आफ्नो स्वास्थ्य नबिगार्न आग्रह गर्नुभएको थियो ।
आयोडिनयुक्त नुन आपूर्ति र वितरण साल्ट ट्रेडिङ कर्पोरेसनले वितरण गर्ने नुन अत्यन्त गुणस्तरीय रहेको तर दक्षिणका सीमावर्ती बजारमा भारतबाट अवैधरूपमा आयात भएको अखाद्य नुन उपभोगले जनस्वास्थ्यमा असर पार्ने भन्दै नुनको अवैध कारोबार रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन मञ्चका महासचिव अधिवक्ता पुष्पराम पौड्यालले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच