अपाङ्गता भएकालाई घरमै नागरिकता

तनहुँ । जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । म्याग्दे गाउँपालिका-२ का १८ वर्षीय अपाङ्गता भएका सुजन रानाभाटलाई प्रशासन कार्यालयले मङ्गलबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अपाङ्गता भएका व्यक्तिलाई कार्यालयसम्म आउन समस्या हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको बताउनुभयो । विसं २०६३ पुस १० गते जन्मिनुभएका सुजन जन्मजात अपाङ्गता हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?