दाङ । घोराही उपमहानगरपालिका-१० झारबैरा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० क्याप्सुल र नगद १ हजार ६ सय रूपैयाँसहित सोही उपमहानगरपालिका-१० नारायणपुर बस्ने ३० वर्षीय दिपिसन डाँगीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका-१० झारबैरा चोकमा मेडिकल संचालन गरी बस्ने सोही उपमहानगरपालिका-१६ घर भएका इन्द्र बहादुर विकको मेडिकलबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले मेडिकल तलासी गर्दा ट्रामाडोल ५ सय ५९ क्याप्सुल, अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद २९ हजार रूपैयाँ फेला पारी इन्द्र बहादुरलाई समेत पक्राउ गरेको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच